logo

धितोपत्र बोर्डमा ६ कम्पनीको ७८ करोड ८८ लाख रुपैयाँको बोनस सेयर सुचिकृत

    1573   पटक पढिएको

२६ भदौ / अर्थ र व्यापार – चालु आर्थिक वर्षको सुरुवात भएको झण्डै दुई महिना (साउन १ देखि भदौ २२ सम्म ) को अवधिमा ६ कम्पनीले ७८ करोड ८८ लाख २९ हजार २७५ रुपैयाँको बोनस सेयर धितोपत्र बोर्डमा रजिष्ट्रशन गरेका छन् ।

जसमध्ये साग्रीला डेभलपमेन्ट बैंकले सबैभन्दा बढी ४५ करोड ७३ लाख ९४ हजार एक सय रुपैयाँको ४५ लाख ७३ हजार ९४१ कित्ता बोनस रजिष्ट्रशन गरेको छ । बैंकले चालु आर्थिक बर्षको सुरुमै साउन १ गते १६.०७ प्रतिशत बोनस रजिष्ट्रेशन गराएको हो ।

सबैभन्दा कम जनउत्थान सामुदायिक लघुवित्तको चार लाख रुपैयाँको चालिस हजार कित्ता रजिष्ट्रेशन छ । कम्पनीले साउन ९ गते चुक्ता पूँजीको २० प्रतिशत बोनस रजिष्ट्रेशन गराएको छ ।

त्यस्तै भार्गव विकास बैंकको २० प्रतिशत बराबरको २ लाख ४० हजार कित्ता,सेती फाइनान्सको नौं प्रतिशत बराबरको ५७ हजार १०८ कित्ता,कालिका माइक्रोक्रेडिट लघुवित्तको तीन लाख २५ हजार  कित्ता बोनस सेयर रजिष्ट्रेशन भएको छ । 

लाईफ इन्स्योरेन्स कर्पोरेसन नेपालले चुक्ता पूँजीको २४.८० प्रतिशतले हुन आउने २६ करोड ५२ लाख २४ हजार ३७५ रुपैयाँको २६ लाख ५२ हजार २४३ कित्ता बोनस सेयर रजिष्ट्रेशन गराएको हो ।

कम्पनीहरुले अहिले गरेका बोनस सेयर रजिष्ट्रेशन अघिल्लो आर्थिक वर्षको हुन् । गत आर्थिक बर्षको साधारणसभा भर्खर मात्र सुरु भएकाले आगामी दिनमा धितोपत्र बोर्डमा कम्पनीहरुले साधारणसभाबाट पारित गरेका बोनस सेयर रजिष्ट्रशन गर्ने क्रम अझै तिब्र बन्दै जानेछ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।