logo

नेप्सेमा चार कम्पनीको ६३ लाख १० हजार कित्ता सेयर सूचिकृत

    1597   पटक पढिएको

२८ असार / अर्थ र व्यापार – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बुधबार चार कम्पनीको कुल ६३ लाख १० हजार ६२६ कित्ता सेयर सूचिकरण भएको छ । यसरी सेयर सूचिकरण गराउने कम्पनीहरुमा रिलायबल डेभलपमेन्ट बैंक, भार्गव विकास बैंक, सुर्या लाईफ इन्स्योरेन्स र डिप्रोक्स लघुवित्त रहेका छन् । यस्तै एक्सेल डेभलपमेन्ट बैंकले संस्थापक समूहको सेयर साधारणमा परिवर्तन गरेको छ ।

ग्लोबल आईएमई बैंकले प्राप्ती गरेर एकीकृत कारोबार थालिसकेको रिलायवल डेभलपमेन्ट बैंकको २२ लाख १८ हजार ८८८ कित्ता बोनस सेयर सूचिकृत भएको छ । त्यस्तै भार्गव विकास बैंकको १२ लाख कित्ता हकप्रद र सुर्या लाईफ इन्स्योरेन्स कम्पनीको तीन लाख १२ हजार पाँच सय कित्ता बोनस सेयर पनि बुधबार नै सेयर बजारमा थपिएका हुन् ।

डिप्रोक्स लघुवित्तले यसअघि जारी गरेको २५ लाख ७९ हजार २३८ कित्ता हकप्रद सेयर सूचिकृत गराएको हो । यस्तै एक्सेल डेभलपमेन्ट बैंकले संस्थापक साधारण सेयर अनुपात ५१ स् ४९ कायम गर्न बैंकको ३८ लाख ४५ हजार ६२५ कित्ता संस्थापक सेयर साधारणमा रुपान्तरण गरेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।