logo

नेप्सेमा ३५ अर्बको बोनस सेयर र १८ अर्बको हकप्रद सेयर सूचिकृत

    1598   पटक पढिएको

६ साउन / अर्थ र व्यापार – आर्थिक वर्ष २०७४ जेठ मसान्तसम्ममा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा ३५ अर्ब ९ करोड रुपैयाँ बराबरको बोनस शेयर सूचिकृत भएको छ । जुन रकम धितोपत्र सूचिकृत मध्ये सबैभन्दा बढी हो ।

गत आर्थिक वर्षको एघार महिनामा कुल १२१ अर्ब ८५ करोड रुपैयाँ बराबरको थप धितोपत्र सूचीकृत भएका छन् । त्यसमध्ये १८ अर्ब ८४ करोड रुपैयाँ बराबरको हकप्रद शेयर र ४ अर्ब ६७ करोड रुपैयाँ बराबरको साधारण शेयर नेप्सेमा थिपिएका छन् । त्यस्तै, सोही अवधिमा ६२ अर्ब बराबरको सरकारी ऋणपत्र र १ अर्ब २५ करोड बराबरको म्युच्युअल फण्ड गरी सो मात्राको धितोपत्र सूचीकृत भएका छन् ।

२०७४ जेठ मसान्तसम्ममा नेप्सेमा सूचीकृत कम्पनीहरूको संख्या २१२ रहेको छ । जुन संख्या अघिल्लो वर्षको भन्दा १८ संख्या कम हो । २०७३ जेठ मसान्तमा (अघिल्लो वर्ष) सूचीकृत कम्पनीहरूको संख्या २३० रहेको थियो । केही बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा मर्ज भएका कारण सूचीकृत कम्पनीहरुको संख्या घट्न गएकोे छ ।

सूचीकृत कम्पनीहरूमध्ये १६९ वटा बैंक तथा वित्तीय संस्था (बीमा कम्पनी समेत) रहेका छन् भने १८ वटा उत्पादन र प्रशोधन उद्योग, १४ वटा जलविद्युत् कम्पनी, ४र४ वटा होटल तथा व्यापारिक संस्था र ३ वटा अन्य समूहका रहेका छन् ।

नेप्सेमा सूचीकृत कम्पनीहरूको चुक्ता पूँजी वार्षिक विन्दुगत आधारमा ४४.४ प्रतिशतले वृद्धि भएको छ । चुक्ता पूँजी सो मात्राले वृद्धि भई गत आर्थिक वर्षको एघार माहिनामा २८३ अर्ब १६ करोड रुपैयाँ पुगेकोे छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।