logo

मंगलबार नेप्सेमा झण्डै दुई करोड कित्ता सेयर सूचिकृत 

    1833   पटक पढिएको

२० असार / अर्थ र व्यापार – नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा मंगलाबार छ कम्पनीको बोनस तथा हकप्रद गरि एक करोड ९६ लाख ६० हजार ९५२ कित्ता सेयर सूचिकृत भएको छ । जसमध्ये हकप्रद सेयर मात्र एक करोड ८४ लाख ४७ हजार ५३६ कित्ता हकप्रद सेयर सूचिकृत भएको हो । बाँकी १२ लाख १३ हजार ४१६ कित्ता बोनस सेयर सूचिकृत भएको छ ।

यसरी मंगलबार सूचिकृत भएको सेयर संख्याको आधारमा तीन विकास बैंमध्ये सबैभन्दा बढि गरिमा विकास बैंकको ८७ लाख ३० हजार ३७८ कित्ता सेयर सुचिकृत भएको छ । त्यस्तै ज्योति विकास बैंकको ७६ लाख ६५ हजार ६६३ कित्ता हकप्रद र महालक्ष्मी विकास बैंकको ९ लाख १३ हजार ४१६ कित्ता बोनस समेत मंगलबार नै नैप्सेमा सूचिकृत भएको हो ।

मंगलबार नै सेयर सूचिकृत गराउने अन्य कम्पनीहरुमा दुई लघुवित्त र एक इन्स्योरेन्स कम्पनी रहेको छ । नागबेली लघुवित्तको एक लाख २६ हजार ४१७ कित्ता हकप्रद र एक लाख ५० हजार कित्ता बोनस सेयर गरी नागबेली लघुवित्तले कुल दुई लाख ७६ हजार ४१७ कित्ता सेयर सूचिकरण गराएको हो ।

अर्को लघुवित्त कम्पनी आरएसडीसी लघुवित्तले समेत एक लाख ५० हजार कित्ता बोनस सेयर सूचिकृत गराउँदा प्रभु इन्स्योरेन्स को १९ हजार २५ हजार ७८ कित्ता हकप्रद सेयर सेयर बजारमा थपिएको हो । सबै सूचिकृत सेयरको सेयरधनीले अबको एक सातापछि धितोपत्रको दोस्रो बजारमा कारोबार गर्न सक्नेछन् ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।