logo

मंगलबार नेप्सेमा झण्डै दुई करोड कित्ता सेयर सूचिकृत 

    1550   पटक पढिएको

२० असार / अर्थ र व्यापार – नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा मंगलाबार छ कम्पनीको बोनस तथा हकप्रद गरि एक करोड ९६ लाख ६० हजार ९५२ कित्ता सेयर सूचिकृत भएको छ । जसमध्ये हकप्रद सेयर मात्र एक करोड ८४ लाख ४७ हजार ५३६ कित्ता हकप्रद सेयर सूचिकृत भएको हो । बाँकी १२ लाख १३ हजार ४१६ कित्ता बोनस सेयर सूचिकृत भएको छ ।

यसरी मंगलबार सूचिकृत भएको सेयर संख्याको आधारमा तीन विकास बैंमध्ये सबैभन्दा बढि गरिमा विकास बैंकको ८७ लाख ३० हजार ३७८ कित्ता सेयर सुचिकृत भएको छ । त्यस्तै ज्योति विकास बैंकको ७६ लाख ६५ हजार ६६३ कित्ता हकप्रद र महालक्ष्मी विकास बैंकको ९ लाख १३ हजार ४१६ कित्ता बोनस समेत मंगलबार नै नैप्सेमा सूचिकृत भएको हो ।

मंगलबार नै सेयर सूचिकृत गराउने अन्य कम्पनीहरुमा दुई लघुवित्त र एक इन्स्योरेन्स कम्पनी रहेको छ । नागबेली लघुवित्तको एक लाख २६ हजार ४१७ कित्ता हकप्रद र एक लाख ५० हजार कित्ता बोनस सेयर गरी नागबेली लघुवित्तले कुल दुई लाख ७६ हजार ४१७ कित्ता सेयर सूचिकरण गराएको हो ।

अर्को लघुवित्त कम्पनी आरएसडीसी लघुवित्तले समेत एक लाख ५० हजार कित्ता बोनस सेयर सूचिकृत गराउँदा प्रभु इन्स्योरेन्स को १९ हजार २५ हजार ७८ कित्ता हकप्रद सेयर सेयर बजारमा थपिएको हो । सबै सूचिकृत सेयरको सेयरधनीले अबको एक सातापछि धितोपत्रको दोस्रो बजारमा कारोबार गर्न सक्नेछन् ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।