logo

यो साता पुँजी बजारमा २ अर्ब ४१ करोडको कारोबार

    1219   पटक पढिएको

२३ भदौ / अर्थ र व्यापार – नेपालको पुँजी बजारमा यो साता २ अर्ब ४१ करोड २१ लाख ७५ हजार रुपैयाँको कारोवार भएको छ । सातामा तीन दिन मात्र खुला रहेको बजारमा अघिल्लो साताको भन्दा कारोबार रकम पनि घटेको छ । 

साताको पहिलो दिन सार्वजनिक बिदा परेकाले बजार खुलेन । दोस्रो दिन खुलेको बजार उच्च अंकले घटेको थियो । सोमबार बजार २५.४७ अंकले घटेर १५५४.५६ अंकमा आइपुगेको थियो । 

एक सय ५२ कम्पनीको १५ लाख ७० हजार ७ सय ३१ कित्ता सेयर किनवेच भएको त्यो दिन ८४ करोड २९ लाख २० हजार ३४ रुपैयाँको कारोवार भएको थियो । यो दिन सबै सूचक रातो भएका थिए । 
बैकिङ समूहको सूचक २५.७४ अंकले घटेको यो दिन होटल समूहको सूचक १३.२५, बिकास बैंकको सूचक ३६.१७, जलविद्युत

समूहको सूचक १९.७३, फाइनान्स समूहको सूचक ४.०१, बीमा समूहको सूचक १३६.७३, उत्पादनमुलक समूहको सूचक १८.४६ र अन्य समूहको सूचक भने ४.९१ अंकले घटेको थियो । 

मंगलबार पनि सार्वजनिक बिदाकै कारण बजार खुलेन । बुधबार खुलेको बजार ११.९४ अंकले बढेको थियो । यो सँगै बजार १५६६.५० अंकमा उक्लिएको थियो । एक सय ६४ कम्पनीको १६ लाख ४३ हजार २ सय ५९ कित्ता सेयर खरिद विक्रि भएको यो दिन ८३ करोड ४३ लाख ४ सय ६६ रुपैयाँको कारोवार भएको थियो ।

यो दिन बैकिङ समूहको सूचक ११.८१ अंकले बढेको थियो भने होटल समूहको सूचक २२.०३, बिकास बैंक समूहको सूचक २०.६९, जलविद्युत समूहको सूचक ३.०४, फाइनान्स समूहको सूचक १.२२, बीमा समूहको सूचक ५५.२५,  अन्य समूहको सूचक ९.२५ अंकले बढेको थियो भने उत्पादनमुलक समूहको सूचक भने ४८.०२ अंकले घटेको थियो । 

सेयर कारोवारका हिसावले साताको अन्तिम दिन बिहीबार भने बजार ११.९५ अंकले घटेको थियो । यो सँगै बजार १५५४.५५ अंकमा झरेको छ । 

एक सय ५७ कम्पनीको १२ लाख ८५ हजार ८ सय ५ कित्ता सेयर किनवेच भएको बिहीबार ७३ करोड ४९ लाख ५४ हजा ९ सय ३६ रुपैयाँको कारोवार भएको थियो ।

यो दिन बैकिङ समूहको सूचक ९.२४, होटल समूहको सूचक ११.१५, बिकास बैंक समूहको सूचक ५.५, जलविद्युत समूहको सूचक २३.७४, फाइनान्स समूहको सूचक ५.४७, बीमा समूहको सूचक भने ११४.८६, उत्पादनमुलक समूहको सूचक २४.१३, अन्य समूहको सूचक ४.०५ अंकले घटेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।