logo

बुधबार सेयर बजारमा एक अर्बको सेयर कारोबार

    1332   पटक पढिएको

 

१४  मंसिर / अर्थ र व्यापार - २०७४ बुधबार सेयर बजारमा १ अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको छ । यो करिब ४ महिनायताकै उच्च वृद्धि हो । अघिल्लो दिन १० अंकले बढेको नेप्सेमा बुधबार १२.२६ अंकले उकालो लागेको छ । योसँगै नेप्से परिसूचक १ हजार ५ सय ३६.१२ अंकमा पुगेको छ । कारोबारमा आएकामध्ये उत्पादन तथा प्रशोधनबाहेक सबै समूहको परिसूचक बढेपछि समग्र नेप्सेको वृद्धिमा टेवा पुगेको हो । 
करिब ८ हजार १ सय ६९ कारोबारबाट १ सय ६३ कम्पनीका २० लाख ५७ हजार १ सय ६५ कित्ता सेयर किनबेच भए । ती किनबेचबाट १ अर्ब ५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा यो करिब ८३ प्रतिशतले बढी हो । परिसूचकको वृद्धिसँगै सेयर बजारको आकार (कुल बजार पुँजीकरण) पनि बढेर १७ खर्ब ८४ अर्ब रुपैयाँ कायम भएको छ । 

दिनभरको कारोबार उतारचढावपूर्ण नै रहयो । यद्यपि बिक्री चापको तुलनामा खरिद चाप धेरै भएकाले कारोबार रकम उल्लेख्य रूपमा बढेको विज्ञहरू बताउँछन् । ‘पछिल्ला एकरदुई दिनयता बजारमा खरिद चाप बढ्न थालेको छ,’ एक धितोपत्र ब्रोकरले भने, ‘यही क्रम जारी रहे अझै केही दिन सेयर बजार सुधारको बाटोमा रहने सम्भावना छ ।’ उक्त दिन ‘क’ वर्गका कम्पनीको कारोबार मापक सेन्सेटिभ परिसूचक ०.८ प्रतिशत र कारोबारमा रहेका कम्पनीहरूको सेयर कारोबार मापक फ्लोट परिसूचक ०.८६ प्रतिशतले बढयो । कारोबरमा आएकामध्ये १ सय २२ कम्पनीको सेयर मूल्य बढयो, २७ कम्पनीको घटयो र बाँकी १४ कम्पनीको सेयर मूल्य स्थिर छ ।

बुधबार उत्पादन तथा प्रशोधन समूहको परिसूचक १.३ प्रतिशतले ऋणात्मक रहयो । बाँकी सबै समूहका परिसूचक बढे । जसमध्ये होटल र माइक्रोफाइनान्स समूहका परिसूचक क्रमशस् २.४५ र २.२९ प्रतिशतले बढे । यसैगरी बैंकिङ समूहको परिसूचक ०.६६, व्यापारको १.४, विकास बैंकको ०.७५, जलविद्युत्को ०.४७, वित्त कम्पनीको ०.७४, बिमाको १.२५ र ‘अन्य’ का ०.३६ प्रतिशतले उकालो लागे ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।