logo

रोकिएन सेयर बजार घट्नेक्रम, नेप्से ६.५५ अंकले घटेर २७१९.७७ विन्दुमा

    691   पटक पढिएको


१९ भदौ/अर्थ र व्यापार – यस साताको अन्तिम कारोबार दिन बिहीबार पनि सेयर बजार घट्नेक्रम रोकिएन । यस दिन सेयरबजार परिसूचक नेप्से ६.५५ अंकले घटेर २७ सय १९ दशमलब ७७ विन्दुमा झरेको छ ।
यसदिन म्युचुअल फण्ड र ट्रेडिङ बाहेकका उपसमूहले बजार घटाएका हुन् । १ सय ६५ वटा कम्पनीको सेयरमूल्य घटेको छ । ८५ वटा कम्पनीको सेयरमूल्य बढेको छ । एउटा कम्पनीको स्थित रहेको छ ।
बराही हाइड्रोपावरको सेयरमूल्य सबैभन्दा धेरै ३ दशमलब ८३ प्रतिशतले घटेको छ । ८५ कम्पनीका लगानीकर्ताले कमाएका छन् । हिमस्टार ऊर्जा कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यसदिन ५ अर्ब १४ करोड ४३ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
बिहीबार बैंकिङ उपसमूहको ०.३१, विकास बैंक ०.३८, फाइनान्स ०.३७, होटल तथा पर्यटन ०.६५, लगानी ०.३१, जीवन बीमा ०.३९, माइक्रोफाइनान्स ०.१५, उत्पादन तथा प्रशोधन ०.१९, निर्जीवन बीमा ०.१०, तथा अन्य समूह ०.५० प्रतिशतले घटेको छ ।
व्यापार उपसमुहको ०.५८ प्रतिशतले बढ्यो । हिमस्टार ऊर्जा कम्पनीको मूल्य सबैभन्दा धेरै १० प्रतिशत बढ्यो । त्यस्तै विन्ध्यबासिनी हाइड्रोपावरको ६.०७, माथिल्लो मैलुङखोला जलविद्युत्को ६.०५, उपकार लघुवित्तको ५.०९ प्रतिशत मूल्य बढेको छ । बाराही हाइड्रोपावरको मूल्य ३.८३, पिपुल्स पावरको ३.४५, दिव्यश्वरी हाइड्रोपावरको ३.४५ तथा ग्रिन डेभलपमेन्ट बैंकको ३.३० प्रतिशतले घटेको छ ।
यसदिन नेपाल पुनर्बीमा, विन्ध्यबासिनी हाइड्रोपावर, हिमालयन रिइन्स्योरेन्स, युनियन हाइड्रोपावर र हिमालयन डिस्टिलरी क्रमशः अगाडि रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।