logo

रोकिएन सेयर बजार घट्नेक्रम, नेप्से ६.५५ अंकले घटेर २७१९.७७ विन्दुमा

    90   पटक पढिएको


१९ भदौ/अर्थ र व्यापार – यस साताको अन्तिम कारोबार दिन बिहीबार पनि सेयर बजार घट्नेक्रम रोकिएन । यस दिन सेयरबजार परिसूचक नेप्से ६.५५ अंकले घटेर २७ सय १९ दशमलब ७७ विन्दुमा झरेको छ ।
यसदिन म्युचुअल फण्ड र ट्रेडिङ बाहेकका उपसमूहले बजार घटाएका हुन् । १ सय ६५ वटा कम्पनीको सेयरमूल्य घटेको छ । ८५ वटा कम्पनीको सेयरमूल्य बढेको छ । एउटा कम्पनीको स्थित रहेको छ ।
बराही हाइड्रोपावरको सेयरमूल्य सबैभन्दा धेरै ३ दशमलब ८३ प्रतिशतले घटेको छ । ८५ कम्पनीका लगानीकर्ताले कमाएका छन् । हिमस्टार ऊर्जा कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यसदिन ५ अर्ब १४ करोड ४३ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
बिहीबार बैंकिङ उपसमूहको ०.३१, विकास बैंक ०.३८, फाइनान्स ०.३७, होटल तथा पर्यटन ०.६५, लगानी ०.३१, जीवन बीमा ०.३९, माइक्रोफाइनान्स ०.१५, उत्पादन तथा प्रशोधन ०.१९, निर्जीवन बीमा ०.१०, तथा अन्य समूह ०.५० प्रतिशतले घटेको छ ।
व्यापार उपसमुहको ०.५८ प्रतिशतले बढ्यो । हिमस्टार ऊर्जा कम्पनीको मूल्य सबैभन्दा धेरै १० प्रतिशत बढ्यो । त्यस्तै विन्ध्यबासिनी हाइड्रोपावरको ६.०७, माथिल्लो मैलुङखोला जलविद्युत्को ६.०५, उपकार लघुवित्तको ५.०९ प्रतिशत मूल्य बढेको छ । बाराही हाइड्रोपावरको मूल्य ३.८३, पिपुल्स पावरको ३.४५, दिव्यश्वरी हाइड्रोपावरको ३.४५ तथा ग्रिन डेभलपमेन्ट बैंकको ३.३० प्रतिशतले घटेको छ ।
यसदिन नेपाल पुनर्बीमा, विन्ध्यबासिनी हाइड्रोपावर, हिमालयन रिइन्स्योरेन्स, युनियन हाइड्रोपावर र हिमालयन डिस्टिलरी क्रमशः अगाडि रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।