logo

सामान्य अंकले बढ्यो सेयर बजार, कारोबार घट्यो

    203   पटक पढिएको


१० भदौ/अर्थ र व्यापार – यस साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार परिसूचक नेप्से ४ दशमलब ८३ अंक बढेको छ । यस वृद्धिपछि नेप्से २७ सय ६६ विन्दुमा पुगेको छ । अघिल्लो दिन पनि नेप्से २१ अंकले बढेको थियो ।
यसदिन बजार बढे पनि कारोबार रकम अघिल्लो दिनको भन्दा डेढ अर्ब बढीले घटेको छ । अघिल्लो दिन ५ अर्ब ७५ करोडको कारोबार भएकोमा मंगलबार ४ अर्ब १८ करोड रूपैयाँको सेयर कारोबार भएको छ ।
बजार बढे पनि धेरैजसो कम्पनीको सेयर मूल्य घटेको छ । १ सय १ कम्पनीको मूल्य बढ्दा १ सय ४९ वटा कम्पनीको सेयरमूल्य घटेको छ । एउटाको स्थिर रहेको छ । अधिकांश समूहका सूचक बढेका छन् । अन्य समूह सबैभन्दा धेरै १.४२ प्रतिशत बढ्यो ।
अरु सबै समूहका सूचकको उतारचढाव १ प्रतिशतमुनि रह्यो । बैंकिङ ०.१४, विकास बैंक ०.९६, फाइनान्स ०.१२ होटल तथा पर्यटन ०.१७, हाइड्रोपावर ०.०७, जीवन बीमा ०.०६ र व्यापार समूह ०.११ प्रतिशत बढे ।
उत्पादन तथा प्रशोधन ०.६८, माइक्रोफाइनान्स ०.४८, लगानी ०.१० तथा निर्जीवन बीमा ०.१० प्रतिशत घटे । विकास हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै १० प्रतिशत बढ्यो । हालै दोस्रो बजारमा आएको यो कम्पनीको मूल्य प्रतिकित्ता ४ सय ७० रुपैयाँ पुगेको छ ।
त्यस्तै नेपाल रिपब्लिक मिडियाको ८.६१, नारायणी डेभलपमेन्ट बैंकको ७.२८, सीवाईसी लघुवित्तको ४.५३ प्रतिशतले बढेको । नाडेप लघुवित्तको सबैभन्दा धेरे २.९९ प्रतिशत मूल्य घट्यो । धेरै कारोबार भएका कम्पनीमा नेपाल रिइन्स्योरेन्स, हिमालयन रिइन्स्योरेन्स, एनआरएन इन्फ्रास्ट्रक्चर, हिमालयन डिस्टिलरी र बुटवल पावर छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।