logo

सामान्य अंकले बढ्यो सेयर बजार, कारोबार घट्यो

    782   पटक पढिएको


१० भदौ/अर्थ र व्यापार – यस साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार परिसूचक नेप्से ४ दशमलब ८३ अंक बढेको छ । यस वृद्धिपछि नेप्से २७ सय ६६ विन्दुमा पुगेको छ । अघिल्लो दिन पनि नेप्से २१ अंकले बढेको थियो ।
यसदिन बजार बढे पनि कारोबार रकम अघिल्लो दिनको भन्दा डेढ अर्ब बढीले घटेको छ । अघिल्लो दिन ५ अर्ब ७५ करोडको कारोबार भएकोमा मंगलबार ४ अर्ब १८ करोड रूपैयाँको सेयर कारोबार भएको छ ।
बजार बढे पनि धेरैजसो कम्पनीको सेयर मूल्य घटेको छ । १ सय १ कम्पनीको मूल्य बढ्दा १ सय ४९ वटा कम्पनीको सेयरमूल्य घटेको छ । एउटाको स्थिर रहेको छ । अधिकांश समूहका सूचक बढेका छन् । अन्य समूह सबैभन्दा धेरै १.४२ प्रतिशत बढ्यो ।
अरु सबै समूहका सूचकको उतारचढाव १ प्रतिशतमुनि रह्यो । बैंकिङ ०.१४, विकास बैंक ०.९६, फाइनान्स ०.१२ होटल तथा पर्यटन ०.१७, हाइड्रोपावर ०.०७, जीवन बीमा ०.०६ र व्यापार समूह ०.११ प्रतिशत बढे ।
उत्पादन तथा प्रशोधन ०.६८, माइक्रोफाइनान्स ०.४८, लगानी ०.१० तथा निर्जीवन बीमा ०.१० प्रतिशत घटे । विकास हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै १० प्रतिशत बढ्यो । हालै दोस्रो बजारमा आएको यो कम्पनीको मूल्य प्रतिकित्ता ४ सय ७० रुपैयाँ पुगेको छ ।
त्यस्तै नेपाल रिपब्लिक मिडियाको ८.६१, नारायणी डेभलपमेन्ट बैंकको ७.२८, सीवाईसी लघुवित्तको ४.५३ प्रतिशतले बढेको । नाडेप लघुवित्तको सबैभन्दा धेरे २.९९ प्रतिशत मूल्य घट्यो । धेरै कारोबार भएका कम्पनीमा नेपाल रिइन्स्योरेन्स, हिमालयन रिइन्स्योरेन्स, एनआरएन इन्फ्रास्ट्रक्चर, हिमालयन डिस्टिलरी र बुटवल पावर छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।