logo

सामाजिक सञ्जालमा सेयर किनबेच सिफारिस भ्रामक र अनधिकृत: नेप्से

    853   पटक पढिएको


३ भदौ/अर्थ र व्यापार – नेपाल स्टक एक्स्चेन्ज (नेप्से) ले सामाजिक सञ्जालमा देखिएका सेयर किनबेच सिफारिस भ्रामक र अनधिकृत भएको बताएको छ ।
नेप्सेले कुनै पनि धितोपत्र किन्न वा बेच्न सल्लाह नदिने, प्रतिफलको ग्यारेन्टी नगर्ने, खरिद वा बिक्री गर्ने, मूल्य नतोक्ने प्रष्ट पारेको छ । नेप्सेका नाममा सामाजिक सञ्जालहरूमा सेयर बजार सम्बन्धी भ्रामक तथा अनधिकृत सामग्री, स्टक टिप्स, सेयर किनबेचका सिफारिस लगायत झुटा दाबी गरेको पाइएपछि सर्वसाधारणलाई यस्तो भ्रममा नपर्न नेप्सेले आग्रह गरेको जनाएको छ ।
हाल विभिन्न सामाजिक सञ्जालमा देखिने यस्ता ठगीका गतिविधिले सर्वसाधारण लगानीकर्ताको मनोबलमा प्रतिकूल असर पर्ने नेप्सेले जनाएको छ । यस किसिमका भ्रामक र अनधिकृत सामग्री आधार बनाइ लगानी नगर्न समेत नेप्सेले सुझाएको छ ।
नेप्सेले सूचना÷प्रेस नोट नेप्सेको वेबसाइट र आधिकारिक सामाजिक सञ्जालबाट प्रकाशित गर्ने गरेको जनाएको छ । नेप्सेको नाम अनधिकृत प्रयोग गर्ने, नेप्सेसँग मिल्दोजुल्दो नाम राखेर वेबसाइट चलाउने, एप बनाउने, च्याट ग्रुप बनाउने लगायतका कार्य दण्डनीय अपराध रहेको समेत नेप्सेले जनाएको छ ।

हल्ला, उक्साहट, अनधिकृत च्याट ग्रुप,क्लबहाउस,टेलिग्राम लगायतका आधारमा सेयर कारोबार नगर्न समेत नेप्सेले लगानीकर्तालाई सुझाएको छ । नेप्सेको नाम,लोगो,भवनको तस्वीर समेत प्रयोग गरेर एप/पेज/समूह बनाइएका माध्यमहरूमा व्यक्तिगत विवरण नदिन समेत नेप्सेले सार्वजनिक सुचना मार्फत सुझाएको छ ।
यसैगरी, कसैलाई पनि आफ्नो पासवर्ड नदिन अनुरोध गर्दै शंकास्पद सामग्री देखिए स्क्रिनसट÷लिंकसहित नेप्सेलाई जानकारी दिन समेत आग्रह गरेको छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।