logo

सामान्य अंकले बढ्यो नेप्से , ६ अर्ब १७ करोडको कारोबार

    234   पटक पढिएको


२ भदौं/अर्थ र व्यापार – सेयर बजार सामान्य अंकले बढेको छ । नेप्से परिसूचक सोमबार ९ दशमलव १६ अंक बढेर २७ सय ७० दशमलब ३९ विन्दुमा पुगेको छ ।
यसदिन कारोबारमा आएका म्युचुअल फण्ड र अन्य बाहेकका उपसमूहले बजार बढाएका हुन । सबैभन्दा धेरै व्यापार उपसमूहको सूचक १ दशमलब २९ प्रतिशत बढेको छ । १ सय ७५ कम्पनीका लगानीकर्ताले कमाएका छन् । युनियन हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै ६ दशमलब १० प्रतिशतले सेयर मूल्य बढेको छ ।
बजारमा ६ अर्ब १७ करोड ९८ लाख रुपैयाँको सेयर किनबेच भएको छ । नेपाल रि इन्स्योरेन्सको सर्वाधिक २१ करोड ७५ लाख रुपैयाँको सेयर कारोबार भएको छ । बुटवल पावर कम्पनीको २० करोड ९५ लाख र एनआरएन इन्फ्रास्ट्रक्चरको १८ करोड ७५ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
७४ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ । सम्पदा लघुवित्तको सर्वाधिक ४ दशमलब ८१ प्रतिशतले सेयर मूल्यमा गिरावट आएको छ ।
बैंकिङ उपसमूहको २.५३, विकास बैंक उपसमूहको १८.३३, फाइनान्स उपसमूहको २.२९, होटल र पर्यटन उपसमूहको १७.१९, जलविद्युत उपसमूहको ३४.७७, लगानी उपसमूहको ०.४८, जीवन बीमा उपसमूहको ४२.६६, उत्पादनमूलक उपसमूहको ३७.७५, लघुवित्त उपसमूहको ५.२०, निर्जीवन बीमा उपसमूहको ४७.४५ र व्यापार उपसमूहको ५३.३८ अंकले बढेका छन् । तर, सोमबार सामूहिक लगानी कोष ०.१० र अन्य समूहगत सूचक १५.४३ अंकले घटेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।