logo

सेयर बजार घट्नेक्रम जारी, कारोबार रकम पनि ७ अर्ब ६३ करोडमा ओर्लियो

    902   पटक पढिएको


२१ साउन/अर्थ र व्यापार – यस साताको चौथो कारोबार दिन सेयर बजार लगातार घटेको छ । नेप्से परिसूचक बुधबार १.९४ अंकले घटेर २८ सय ३२ दशमलब ०६ विन्दुमा झरेको छ । यसदिन कारोबारमा लघुवित्त, लगानी र अन्य उपसमूहले बजार सूचक थामे पनि कारोबार अपेक्षाकृत बढ्न सकेन। म्युचुअल फण्डको सूचक स्थिर रहेपनि अन्य ९ वटा उपसमूहको सेयरमुल्य सूचक घटेको छ ।
लघुवित्तको सेयरमूल्य सबैभन्दा धेरै १.४१ प्रतिशतले बढेको छ । सेयरमूल्य बढेका ११२ कम्पनीका लगानीकर्ताले कमाएका छन् । वीन नेपाल लघुवित्त वित्तीय संस्था, महुली लघुवित्त र ट्रेडटावरको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।
बजारमा १३८ कम्पनीको सेयर मूल्य घटेको छ । थ्रीस्टार हाइड्रोपावरको सर्वाधिक ३.८७ प्रतिशतले सेयर मूल्यमा गिरावट आएको छ । नेप्से सूचक सामान्य अंकले बढे पनि कारोबार रकमा गिरावट आएको छ ।

बुधबार बजारमा पछिल्लो २५ दिनयताकै न्यून ७ अर्ब ६३ करोड ११ लाख रुपैयाँको सेयर किनबेच भएको छ । यसअघि असार २५ गते ७ अर्ब ४५ करोड रुपैयाँको सेयर किनबेच भएको थियो । ङादी ग्रुपपावरको सबैभन्दा धेरै २९ करोड ४५ लाख रुपैयाँको सेयर कारोबार भएको छ । त्यस्तै, हिमालयन रि इन्स्योरेन्सको २८ करोड र शिवम् सिमेन्टको २४ करोड १९ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।
यसदिन अन्तिम १५ मिनेटको भारित औसत मूल्य समायोजना तथा गणनाअघि २ अंक बढेको बजार गणनापछि केही घटेर यो विन्दुमा नेप्से झरेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।