logo

तीन दिनपछि दोहोरो अंकले बढ्यो सेयर बजार, कारोबार घट्यो

    788   पटक पढिएको


१९ साउन/अर्थ र व्यापार – यसअघि लगातारको तीनदिनको गिरावटपछि सेयर बजारमा केही सुधार आएको छ । यस साताको कारोबारको दोस्रो दिन सोमबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १६ दशमलब ६५ अंकले बढेर २८ सय ७५ दशमलब ५५ विन्दुमा पुगेको छ ।
सोमबार नेप्सेमा कुल १० अर्ब ८२ करोड २४ लाख ४९ हजार ४ सय २ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो दिन १२ अर्ब ८४ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।
सोमबार कारोबारमा आएकामध्ये १ सय ४० वटा कम्पनीको सेयरमूल्य बढ्दा १ सय १० वटा कम्पनीको सेयरमूल्य घटेको छ । अघिल्लो कारोबार दिन आइतबार नेप्से ६३ अंकले घटेको थियो भने गत बिहीबार पनि ३१ अंकले र बुधबार ४७ अंकले नेप्से घटेको थियो ।
यसदिन बैंकिङ ०.६८ प्रतिशत बढ्यो । त्यस्तै जीवन बीमा ०.४३, माइक्रोफाइनान्स ०.५६, हाइड्रोपावर ०.०९ प्रतिशत बढे । होटल तथा पर्यटन ०.३९, विकास बैंक ०.०६, अन्य ०.४२, उत्पादन तथा प्रशोधन ०.२१, निर्जीवन बीमा ०.५३ तथा फाइनान्स ०.८२ प्रतिशत घटे ।
सिक्लेस हाइड्रोपावरको ५.७३, स्वेतगंगा हाइड्रोपावरको ५.१२, विन्ध्यबासिनी हाइड्रोपावरको ४.७२ तथा माछापुच्छ्रे बैंकको ४.५१ प्रतिशत मूल्य बढ्यो । अघिल्लो दिनसम्म १० प्रतिशत मूल्य बढेको ट्रेड टावर आज १० प्रतिशत घट्यो । त्यस्तै थ्रीस्टार हाइड्रोपावरको ३.२६, नेपाल फाइनान्सको ३.१४ तथा सप्तकोशी विकास बैंकको ३.१४ प्रतिशत मूल्य घट्यो ।
धेरै कारोबार भएका पाँच कम्पनीमा हिमालयन रि इन्स्योरेन्स, शिवम् सिमेन्ट, हिमालयन डिस्टिलरी, ङयादी ग्रुप पावर र नेपाल पुर्नबीमा क्रमशः अगाडि रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।