logo

सेयर बजारको ओरालो यात्रा कायमै, नेप्से २८५८ अंकमा

    789   पटक पढिएको


१८ साउन/अर्थ र व्यापार – यस साताको पहिलो दिन आइतबार सेयर बजार परिसूचक नेप्से ६३ दशमलब ७३ अंकले घटेर २८ सय ५८ विन्दुमा झरेको छ ।
बजारमा कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन १५ अर्ब ९८ करोडको कारोबार भएकोमा यसदिन १३ अर्ब ७ करोड ५० लाख ४ हजार ९ सय २० रूपैयाँको कारोबार भएको छ ।
२ सय ३३ वटा कम्पनीको सेयरमुल्य घटेको छ । १६ वटा कम्पनीको सेयरमूल्य बढेको छ । सबै उपसमूहको सूचक घटेका छन् ।
अन्य उपसमूहको सबैभन्दा धेरै ३ दशमलब ४८ प्रतिशत घटेको छ । बैंकिङ उपसमूहको २ दशमलब २७ प्रतिशत,विकास बैंक उपसमूहको १ दशमलब ६६ प्रतिशत, फाइनान्स उपसमूहको १ दशमलब ६६ प्रतिशत, होटल तथा पर्यटन उपसमूहको १ दशमलब १७ प्रतिशत, हाइड्रोपावर उपसमूहको १ दशमलब ३० प्रतिशत, लगानी उपसमूहको २ दशमलब १९ प्रतिशत, जीवन बीमा उपसमूहको २ दशमलब १६ प्रतिशतले घटेको छ ।
उत्पादन तथा प्रशोधन उपसमूहको २ दशमलब ४४ प्रतिशत, माइक्रोफाइनान्स उपसमूहको ३ दशमलब ०५ प्रतिशत, निर्जीवन बीमा उपसमूहको १ दशमलब ७३ प्रतिशत र व्यापार उपसमूहको १ दशमलब ४३ प्रतिशतले घटेको छ ।
दुई कम्पनी ट्रेड टावर र शिवश्री हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो । हालै सूचीकृत ट्रेड टावरको मूल्य ११ सय ४८ रूपैयाँ पुगेको छ । थ्रीस्टार हाइड्रोपावरको ४ दशमलब ५५, नारायणी डेभलपमेन्ट बैंकको ३ दशमलब ८६ प्रतिशत र लुम्बिनी विकास बैंकको २ दशमलब ५० प्रतिशतले बढेको छ ।
सान्भी इनर्जीको सेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले घटेको छ । धेरै कारोबार भएका कम्पनीहरूमा नेपाल पुर्नबीमा, हिमालयन रि इन्स्योरेन्स, हिमालयन डिस्टिलरी, शिवम् सिमेन्ट र ङयाादी ग्रुप पावर क्रमशः अगाडि रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।