logo

३ हजार माथि टिकेन सेयर बजार, नेप्से ४७.९३ अंकले घट्यो

    808   पटक पढिएको


१४ साउन/अर्थ र व्यापार – यस साताको चौथो कारोबार दिन बुधबार सेयर बजारको परिसूचक नेप्से ३ हजार भन्दा माथि टिक्न नसकेर फेरि साढे २९ सय नजिक नै झरेको छ । अघिल्लो दिन ३ हजार २ अंकमा बासबसेको नेप्से यसदिन ४७ दशमलब ९३ अंकले घटेर २९ सय ५४ दशमलब १४ विन्दुमा झरेको छ ।
बुधबार कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा केही घटेको छ । अघिल्लो दिन १८ अर्ब ५२ करोडको कारोबार भएकोमा यसदिन १६ अर्ब ४४ करोड १३ लाख ५४ हजार ४ सय ८ रुपैयाँको सेयर कारोबार भएको छ ।
२३ वटा कम्पनीको सेयरमूल्य बढेको छ । २ सय २६ वटा कम्पनीको सेयरमूल्य घटेको छ । अन्य उपसमूहको बाहेक सबै उपसमूहका सेयरमूल्य सूचक घटेका छन् । अन्य उपसमूहको शून्य दशमलब ८५ प्रतिशतले बढेको छ । दुईवटा शक्तिशाली कम्पनी नेपाल पुर्नबीमा कम्पनी र हिमालयन रि इन्स्योरेन्सको सेयरमूल्य बढेका कारण यो उपसमूहको सूचक हरियो देखिएको छ ।
यसदिन बैंकिङ उपसमूहको १ दशमलब ५५ प्रतिशत, विकास बैंक उपसमूहको ३ दशमलब २७ प्रतिशत, फाइनान्स उपसमूहको २ दशमलब ७० प्रतिशत, होटल तथा पर्यटन उपसमूहको २ दशमलब १० प्रतिशत , हाइड्रोपावर उपसमूहको १ दशमलब ६३ प्रतिशत , लगानी उपसमूहको १ दशमलब ६५ प्रतिशतले घटेको छ ।
जीवन बीमा उपसमूहको १ दशमलब ७६ प्रतिशत, उत्पादन तथा प्रशोधन उपसमूहको १ दशमलब ३२ प्रतिशत, माइक्रोफाइनान्स उपसमूहको ३ दशमलब २८ प्रतिशत, निर्जीवन बीमा उपसमूहको १ दशमलब ५४ प्रतिशत र व्यापार उपसमूहको १ दशमलब ७२ प्रतिशतले घटेको छ ।
दुई कम्पनी सान्भी इनर्जी र ट्रेड टावरको सेयर मूल्य १० प्रतिशतले बढेको छ । समता घरेलु लघुवित्तको ६ दशमलब ७४ प्रतिशतल, सिक्लेस हाइड्रोपावरको ५ दशमलब १६ प्रतिशत , भूगोल इनर्जीको ३ दशमलब ८२ प्रतिशतले सेयरमूल्य बढेको छ ।
ग्रिन डेभलपमेन्ट बैंकको मूल्य सबैभन्दा धेरै ८ प्रतिशतले घटेको छ । त्यस्तै, कालिका पावरको ६ प्रतिशत, सीवाईसी लघुवित्तको ५ दशमलब ४ प्रतिशत, नाडेप लघुवित्तको ५ दशमलब ४ प्रतिशतले सेयर मूल्य घटेको छ ।
यसदिन धेरै कारोबार भएका पाँच कम्पनीहरूमा हिमालयन रि इन्स्योरेन्स, हिमालयन डिस्टिलरी, शिवम् सिमेन्ट, ग्रिन भेन्चर्स र नेपाल पुर्नबीमा कम्पनी क्रमशः अगाडि रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।