logo

सेयर बजार ४ वर्षकै उच्च, नाघ्यो ३ हजार

    817   पटक पढिएको


१३ साउन /अर्थ र व्यापार – यस साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार करिब ४ वर्षकै उच्चतम विन्दुमा पुगेको छ । अघिल्लो दिनको तुलनामा यसदिन सेयर बजार परिसूचक नेप्से ३० दशमलब ७६ अंकले बढेर ३ हजार २ दशमलब ०७ विन्दुमा पुगेको छ । कारोबारको क्रममा मंगलबार दिउँसो सवा १२ बजे नेप्से बढेर ३ हजार २८ विन्दुसम्म उक्लिएको थियो ।
दिनभरको कारोबारपछि बजार बन्द हुँदा नेप्सेमा कायम रहेको यो ३ हजार २ दशमलब ०७ विन्दु १३ भदौ २०७८ यताकै उच्च हो । सो वर्ष २ भदौमा हालसम्मकै उच्च नेप्से ३१ सय ९८ विन्दुको रेकर्ड बनाएपछि पुनः ओरालो लागेको थियो ।
यसदिन १८ अर्ब ५२ करोड ५३ लाख २२ हजार ८ सय ४५ रुपैयाँको सेयर कारोबार भएको छ । कारोबार रकम भने अघिल्लो दिनको तुलनामा केही घटेको छ । अघिल्लो दिन १९ अर्ब ३६ करोडको कारोबार भएको थियो । कारोबार रकम भने गत ३१ साउनमा हालसम्मकै उच्च २९ अर्ब ९५ करोडको थियो ।
यसदिन १ सय ७६ वटा कम्पनीको सेयरमूल्य बढेको छ । ७४ वटा कम्पनीको घटेको छ । अन्य उपसमूहको सेयरमूल्य सबैभन्दा धेरै २ दशमलब ५८ प्रतिशतले बढेको छ । बैंकिङ उपसमूहको १.३२ प्रतिशत , होटल तथा पर्यटन उपसमूहको ०.३२ प्रतिशत, हाइड्रोपावर उपसमूहको ०.४४ प्रतिशतले बढेको छ ।
लगानी उपसमूहको ०.९४ प्रतिशत, जीवन बीमा उपसमूहको ०.७९ प्रतिशत, उत्पादन तथा प्रशोधन उपसमूहको ०.९८ प्रतिशत, माइक्रोफाइनान्स उपसमूहको १.६९ प्रतिशत र निर्जीवन बीमा उपसमूहको १.१२ प्रतिशतले बढेको छ ।
व्यापार उपसमूहको ०.२५ प्रतिशत, विकास बैंक उपसमूहको ०.३६ प्रतिशत र फाइनान्स उपसमूहको ०.१२ प्रतिशतले घटेको छ । यसदिन चारवटा कम्पनीको सेयरमूल्य १० प्रतिशत बढेको छ । १० प्रतिशत बढेका कम्पनीमा मुक्तिनाथ कृषि कम्पनी, ट्रेड टावर, सान्भी इनर्जी र नाडेप लघुवित्त छन् ।
त्यस्तै, नेपाल वेयरहाउजिङको ८.०६ प्रतिशत, मायाखोलाको ७.२१ प्रतिशत र ग्रिन भेन्चर्सको ७ प्रतिशतले सेयरमूल्य बढेको छ । समता घरेलु लघुवित्तको मूल्य सबैभन्दा धेरै ८.६ प्रतिशतले घटेको छ । धेरै कारोबार भएका कम्पनीमा हिमालयन डिस्टिलरी, ग्रिन भेन्चर्स, नेपाल पुर्नबीमा, हिमालयन रि इन्स्योरेन्स र राधि विद्युत् रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।