logo

३ हजार १३ अंक पुगेर ओर्लियो सेयर बजार, साढे २६ अर्बको कारोबार

    224   पटक पढिएको


११ साउन/अर्थ र व्यापार – लगातार बढेको ८ कारोबार दिनपछि यस साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार ३ हजार १३ अंक पुगेर घटेको छ ।
अघिल्लो दिनको तुलनामा बजारको परिसूचक नेप्से १८ दशमलब ४४ अंकले घटेर २९ सय ६४ दशमलब २० विन्दुमा कायम भएको छ । कारोबार सुरु भएपछि बढेको बजार यसदिन १२ ः ५१ बजे ३ हजार १३ अंकसम्म पुगेको थियो । त्यसपछि बिक्री चाप बढ्यो र क्रमशः ओरालो भई बजार घटेर यो विन्दुमा झरेको हो ।
गत वर्ष ३० साउनमा कारोबार बन्द हुँदा नेप्से परिसूचक ३ हजार अंकमै पुगेको थियो । अहिले सोही अंकलाई बजारले प्रतिरोधका रुपमा सामना गरेको छ । ४ वर्षअघि २ भदौ २०७८ मा पनि नेप्से परिसूचक ३१ सय ९८ अंक पुगेर ऐतिहासिक रेकर्ड बनाएको थियो ।
आइतबार कारोबार रकम पनि उल्लेख्य बढेको छ । गत बिहीबार १८ अर्ब ४९ करोडको कारोबार भएकोमा यसदिन २६ अर्ब ५७ करोड ७४ लाख ३८ हजार २ सय ५७ रूपैयाँको सेयर कारोबार भएको छ । यो कारोबार रकम गत वर्षको २ भदौ यताकै उच्च हो । त्यसदिन २८ अर्ब ८३ करोडको कारोबार भएको थियो । गत वर्षको ३० साउनमा हालसम्मकै उच्च २९ अर्ब ९५ करोडको सेयर कारोबार भएको रेकर्ड छ ।
यसदिनको कारोबारमा पनि हाइड्रोपावर उपसमूहका सेयरमूल्य सबैभन्दा धेरै बढेको छ । सो समूहको मात्र ११ अर्ब ६२ करोडको कारोबार भएको छ । त्यसपछि विकास बैंक उपसमूहको , माइक्रोफाइनान्स उपसमूहको र उत्पादन उपसमूहको सेयरमुल्य बढेको छ ।
आइतबार ६३ वटा कम्पनीको मूल्य बढ्दा १ सय ८६ वटाको घटेको छ । यसदिन विकास बैंक उपसमूहको १.२३ प्रतिशत, उत्पादन तथा प्रशोधन उपसमूहको १.०८ प्रतिशत व्यापार उपसमूहको १.४४ प्रतिशतले सेयरमूल्य बढेको छ । माइक्रोफाइनान्स उपसमूहको १ अंकमुनि हरियो ररेको छ ।
यसदिन सबैभन्दा धेरै फाइनान्स उपसमूहको सेयरमूल्य १.९९ प्रतिशतले घटेको छ । बैंकिङ उपसमूहको ०.७१ प्रतिशत , होटल तथा पर्यटन उपसमूहको १.७९ प्रतिशत, हाइड्रोपावर उपसमूहको १.०९, लगानी उपसमूहको १.६६, जीवन बीमा उपसमूहको १.३५, निर्जीवन बीमा उपसमूहको ०.६७ प्रतिशत र अन्य उपसमूहको ०.८६ प्रतिशतले घटेको छ ।
तीनवटा कम्पनीको सेयरमूल्य १० प्रतिशत बढ्यो । १० प्रतिशत बढेका कम्पनीमा समता घरेलु लघुवित्त, ट्रेड टावर र सान्भी इनर्जी छन् । धेरै कारोबार भएका पाँच कम्पनीमा शिवम् सिमेन्ट, ङादी ग्रुप, नेपाल पुनर्बीमा, कालिका पावर र ग्रिन भेन्चर्स छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।