logo

सेयर बजार ८०.९७ अंकले बढ्यो, २० अर्ब बढीको कारोबार

    284   पटक पढिएको


६ साउन/अर्थ र व्यापार – यस साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार परिसूचक नेप्से ८० दशमलब ९७ अंकले बढेको छ । सो वृद्धिपछि नेप्से २९ सय ७३ दशमलब ७० विन्दुमा पुगेको छ । लामो समयपछि ह्वात्तै बढेको नेप्सेको यो अंक गत २ भदौ यताकै सबैभन्दा धेरै हो ।
यसअघि गत २ भदौमा नेप्से ३ हजार अंक पुगेको थियो । यसदिन कारोबार सुरु भएदेखि बजार अन्तिम समयसम्म निरन्तर उकालो यात्रामै लागिरहेको थियो । अघिल्लो दिनको तुलनामा कारोबार रकम पनि बढेको छ ।
अघिल्लो दिन १६ अर्ब ३२ करोडको कारोबार भएकोमा यसदिन २० अर्ब ८ करोड ५३ लाख ३७ हजार २ सय ९३ रुपैयाँको सेयर कारोबार भएको छ । २ सय ३६ वटा कम्पनीको सेयरमूल्य बढेको छ । १४ वटा कम्पनीको सेयरमूल्य घटेको छ ।
मंगलबार तीनवटा उपसमूहको सेयरमुल्य सूचक ४ प्रतिशत भन्दा धेरैले बढेको छ । उत्पादन तथा प्रशोधन उपसमूहको ४ दशमलब ६३ प्रतिशत , जीवन बीमा उपसमूहको ४ दशमलब ३६ प्रतिशत र माइक्रोफाइनान्स उपसमूहको ४ दशमलब ०७ प्रतिशतले बढेको छ ।
बैंकिङ उपसमूहको २.१०, विकास बैंक २.२६, फाइनान्स १.९४, होटल तथा पर्यटन ३.४४, हाइड्रोपावर १.९०, लगानी ३.२४, निर्जीवन बीमा २.५६, अन्य ३.२६ तथा व्यापार १.०१ प्रतिशत बढेको छ ।
तीनवटा कम्पनीको सेयरमूल्य १० प्रतिशत बढेको छ । १० प्रतिशत बढेका कम्पनीमा ट्रेड टावर, सान्भी इनर्जी र शिवम् सिमेन्ट रहेका छन् । ट्रेड टावर र सान्भी इनर्जी नयाँ कम्पनी हो । यस्तै, उन्नति सहकार्य लघुवित्तको ९.९० प्रतिशत, विन्ध्यबासिनी हाइड्रोपावरको ९.७६, सोनापुर सिमेन्टको ८.७७, इनिफिनिटी लघुवित्तको ८.३६ प्रतिशत सेयरमूल्य बढेको छ ।
यसदिन बोटलर्स नेपाल बालाजुको २.४६ प्रतिशत, ग्रिन डेभलपमेन्ट बैंकको २.१९ प्रतिशत र पन्चकन्या माइ हाइड्रोपावरको २.०३ प्रतिशतले सेयर मूल्य घटेको छ । धेरै कारोबार भएका पाँच कम्पनीमा नेपाल पुनर्बीमा, शिवम् सिमेन्ट, हिमालयन रिइन्स्योरेन्स, बुटवल पावर र ङादी ग्रुप रहेका छन् ।
यसदिन बजारको पूँजीकरण (सूचीकृत सबै सेयरको बजार मूल्य) ४९ खर्ब ६२ अर्ब रुपैयाँ पुगेको छ । सेयर बजारको यो आकार हालसम्मकै सबैभन्दा ठूलो हो । बजार बढ्दै जाँदा अब पूँजीकरणमा दैनिक नयाँ रेकर्ड बन्दै जाने सम्बन्धीत लगानीकर्ताहरु तथा सरोकारवालाहरुको अनुमान छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।