logo

सेयर बजारको सबै सूचकमा हरियाली, नेप्से २१.७६ अंकले बढ्यो

    647   पटक पढिएको

५ साउन/अर्थ र व्यापार – यस साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजारको सबै सूचकमा हरियाली छाएको छ । यसदिन सेयर बजारको परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा २१ दशमलब ७६ अंकले बढेर २८ सय ९२ दशमलब ७२ विन्दूमा कायम भएको छ । यो अंक गत वर्षको ९ भदौयताकै उच्च हो । सो दिन नेप्से २८ सय ९४ अंकमा थियो । सबै उपसमूहको सेयरमुल्य बढेका कारण यसदिन सेयरबजार विगत ११ महिनायताकै उच्च विन्दुमा पुगेको छ ।
अघिल्लो दिनको तुलनामा कारोबार रकम भने केही घटेको छ । अघिल्लो दिन २१ अर्ब ४६ करोडको कारोबार भएकोमा यसदिन १६ अर्ब ३२ करोड ७१ लाख १५ हजार २ सय ३८ रूपैयाँको सेयर कारोबार भएको छ ।
बजारको आकार (सबै सूचीकृत सेयरको बजार मूल्य) मा भने नयाँ रेकर्ड बनेको छ । बजारको पूँजीकृत रकम (आकार) ४८ खर्ब २६ अर्ब ९९ करोड ८६ लाख ९ सय ५९ रुपैयाँ पुगेको छ । यसअघि गत १८ फागुनमा ४७ खर्ब ९९ अर्बको रेकर्ड बनेको थियो ।
सोमबार १ सय ५३ वटा कम्पनीको सेयरमूल्य बढेको छ । ९६ वटा कम्पनीको सेयरमूल्य घटेको छ । माइक्रोफाइनान्स उपसमूहको सबैभन्दा धेरै १ दशमलब ९३ प्रतिशतले बढेको छ । बैंकिङ उपसमूहको शून्य दशमलब ४८ प्रतिशत, विकास बैंक उपसमूहको १ दशमलब ४२ प्रतिशत , होटल तथा पर्यटन उपसमूहको शून्य दशमलब ३० प्रतिशत, हाइड्रोपावर उपसमूहको शून्य दशमलब ४६ प्रतिशतले बढेको छ ।
लगानी उपसमूहको शून्य दशमलब ३७ प्रतिशत, जीवन बीमा उपसमूहको शून्य दशमलब ०२ प्रतिशत, उत्पादन तथा प्रशोधन उपसमूहको शून्य दशमलब ३७ प्रतिशत, निर्जीवन बीमा उपसमूहको १ दशमलब २७ प्रतिशत, अन्य उपसमूहको १ दशमलब ८४ प्रतिशत र व्यापार उपसमूहको शून्य दशमलब ४३ प्रतिशतले मुल्य बढेको छ ।
तीन वटा कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । १० प्रतिशत बढेका कम्पनीमा थ्रीस्टार हाइड्रोपावर, ट्रेड टावर र सान्भी इनर्जी रहेका छन् । उन्नति सहकार्य लघुवित्तको ९ दशमलब ४० प्रतिशत, फस्र्ट माइक्रोफाइनान्सको ८ दशमलब ९९ प्रतिशतले सेयरमूल्य बढेको छ ।
तीन वटा कम्पनीको सेयरमूल्य १० प्रतिशतले घटेको छ । १० प्रतिशत घटेका कम्पनीमा ग्रिन डेभलपमेन्ट, सप्तकोशी डेभलपमेन्ट र कर्पोरेट डेभलपमेन्ट बैंक छन् । सिन्धु विकास बैंकको मूल्य ६.३६ प्रतिशत घट्यो । यसदिन धेरै कारोबार भएका कम्पनीमा नेपाल पुनर्बीमा, हिमालयन रिइन्स्योरेन्स, बुटवल पावर, फस्र्ट माइक्रोफाइनान्स र लुम्बिनी विकास बैंक रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।