logo

सेयर बजारको सबै सूचकमा हरियाली, नेप्से २१.७६ अंकले बढ्यो

    274   पटक पढिएको

५ साउन/अर्थ र व्यापार – यस साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजारको सबै सूचकमा हरियाली छाएको छ । यसदिन सेयर बजारको परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा २१ दशमलब ७६ अंकले बढेर २८ सय ९२ दशमलब ७२ विन्दूमा कायम भएको छ । यो अंक गत वर्षको ९ भदौयताकै उच्च हो । सो दिन नेप्से २८ सय ९४ अंकमा थियो । सबै उपसमूहको सेयरमुल्य बढेका कारण यसदिन सेयरबजार विगत ११ महिनायताकै उच्च विन्दुमा पुगेको छ ।
अघिल्लो दिनको तुलनामा कारोबार रकम भने केही घटेको छ । अघिल्लो दिन २१ अर्ब ४६ करोडको कारोबार भएकोमा यसदिन १६ अर्ब ३२ करोड ७१ लाख १५ हजार २ सय ३८ रूपैयाँको सेयर कारोबार भएको छ ।
बजारको आकार (सबै सूचीकृत सेयरको बजार मूल्य) मा भने नयाँ रेकर्ड बनेको छ । बजारको पूँजीकृत रकम (आकार) ४८ खर्ब २६ अर्ब ९९ करोड ८६ लाख ९ सय ५९ रुपैयाँ पुगेको छ । यसअघि गत १८ फागुनमा ४७ खर्ब ९९ अर्बको रेकर्ड बनेको थियो ।
सोमबार १ सय ५३ वटा कम्पनीको सेयरमूल्य बढेको छ । ९६ वटा कम्पनीको सेयरमूल्य घटेको छ । माइक्रोफाइनान्स उपसमूहको सबैभन्दा धेरै १ दशमलब ९३ प्रतिशतले बढेको छ । बैंकिङ उपसमूहको शून्य दशमलब ४८ प्रतिशत, विकास बैंक उपसमूहको १ दशमलब ४२ प्रतिशत , होटल तथा पर्यटन उपसमूहको शून्य दशमलब ३० प्रतिशत, हाइड्रोपावर उपसमूहको शून्य दशमलब ४६ प्रतिशतले बढेको छ ।
लगानी उपसमूहको शून्य दशमलब ३७ प्रतिशत, जीवन बीमा उपसमूहको शून्य दशमलब ०२ प्रतिशत, उत्पादन तथा प्रशोधन उपसमूहको शून्य दशमलब ३७ प्रतिशत, निर्जीवन बीमा उपसमूहको १ दशमलब २७ प्रतिशत, अन्य उपसमूहको १ दशमलब ८४ प्रतिशत र व्यापार उपसमूहको शून्य दशमलब ४३ प्रतिशतले मुल्य बढेको छ ।
तीन वटा कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । १० प्रतिशत बढेका कम्पनीमा थ्रीस्टार हाइड्रोपावर, ट्रेड टावर र सान्भी इनर्जी रहेका छन् । उन्नति सहकार्य लघुवित्तको ९ दशमलब ४० प्रतिशत, फस्र्ट माइक्रोफाइनान्सको ८ दशमलब ९९ प्रतिशतले सेयरमूल्य बढेको छ ।
तीन वटा कम्पनीको सेयरमूल्य १० प्रतिशतले घटेको छ । १० प्रतिशत घटेका कम्पनीमा ग्रिन डेभलपमेन्ट, सप्तकोशी डेभलपमेन्ट र कर्पोरेट डेभलपमेन्ट बैंक छन् । सिन्धु विकास बैंकको मूल्य ६.३६ प्रतिशत घट्यो । यसदिन धेरै कारोबार भएका कम्पनीमा नेपाल पुनर्बीमा, हिमालयन रिइन्स्योरेन्स, बुटवल पावर, फस्र्ट माइक्रोफाइनान्स र लुम्बिनी विकास बैंक रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।