logo

ब्रोकर नम्बर ३ अरुण सेक्युरिटीजले सञ्चालनमा ल्यायो नयाँ टिएमएस

    647   पटक पढिएको


२ साउन/अर्थ र व्यापार – नेपाल धितोपत्र बोर्डले भर्खरै गरेको धितोपत्र व्यावसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमवली २०६४ को छैठौँ संशोधन पछि २० करोड चुक्तापुँजी हुने सबै धितोपत्र ब्रोकरहरूले मार्जिन लेन्डिङ सेवा दिन पाउने व्यवस्था भएसँगै हालको धितोपत्र खरिद बिक्री सेवा सहित मार्जिन कारोबार सेवा प्रदान गर्नका लागि अरुण सेक्युिरिटज (ब्रोकर नं ३) एट्रेडमा जोडिएको छ ।
डीजीहबले सञ्चालनमा ल्याएको अत्याधुनिक नयाँ टीएमएस एट्रेडमा लगानीकर्ताले कारोबार गर्नका लागि अन्तर्राष्ट्रिय स्तरको सुविधा प्राप्त गर्नुकासाथै मार्जिन कारोबार गर्ने सुविधा प्राप्त गर्नेछन । यसका साथै यो टीएमएसमा जोडिने ग्राहकहरूले आफ्नो सेयर बिक्री गर्नासाथ बिक्री गरेको रकम बराबर कारोबार लिमिट प्राप्त गर्न सक्नेछन् ।
यसअघि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) अन्तरगतको टीएमएसबाट कारोबार सञ्चालन गरिरहेको अरुण सेक्युिरिटजले अहिले सञ्चालनमा रहेको टिएमएसमा मार्जिन कारोबार सुविधा नभएकोले आगामी दिनहरुमा मार्जिन कारोबार सुविधा सञ्चालनमा ल्याउन शुक्रबारदेखि डीजीहबको एट्रेड अन्तरगत आफ्नो कारोबार गर्ने जानकारी गराकोछ ।
अरुण सेक्युिरिटजले नेप्से अन्तरगतको टीएमएससँग आफ्नो सम्झौता रद्द गरी अबदेखि आफ्ना ग्राहकहरुलाई डीजीहबको टीएमएस अन्तरगत कारोबार गराउन लागेको जानकारी दिएको छ ।
हाल अरुण सेक्युिरिटजमा करिव २ लाख लगानीकर्ताले ब्रोकर खाता खोली सेयर कारोबार गर्दै आएका छन् । आजदेखि सबै लगानीकर्ताले नेप्सेको टीएमएसबाट हटेर डीजीहबको अत्याधुनिक टीएमएसबाट नयाँ सुविधा सहित सेयर खरिदबिक्री गर्न पाउनेछन्।
एट्रेडमा टिएमएसमा लगानीकर्ताले वेवबाट, डेक्सटपबाट तथा मोबाइल एप लगायतबाट सेयर कारोबार गर्न सक्नेछन् । सो टीएमएस मार्फत लगानीकर्ताले आफ्नो पोर्टफोलियो लाईभ हेर्न पाउनुकासाथै लाईभ डाटा लगायतका आधा दर्जन भन्दा बढी फिचरहरु प्रयोग गर्न सक्नेछन् ।
सो टीएमएसमा कारोबारको पारदर्शिता, सिस्टमको सुरक्षा तथा कारोबार डाटाको सुरक्षाका साथै तथ्यांकको गोपनियतालाई समेत विशेष प्राथमिकता दिइएको छ ।
नयाँ ट्रेड म्यानेजमेन्ट सिस्टमका बिशेषतहरुमा मोबाईल भर्सन,वेब भर्सन,डेस्कटप भर्सन रहेको छ । अन्य अपरेसनल बिशेषतहरुमा सेयर बिक्री गर्ने बित्तिकै सोही बराबरको रकमले सेयर खरिद गर्न सकिने र तेस्को लागि ब्रोकरलाई भनीराख्नु नपर्ने ,आफ्नो लेजर ब्यालेन्स अनुसार कोल्याटर रियल टाईममा पाइने ,एउटै लगिनबाट धेरै युजरको ट्रेड गर्न सकिने, अर्डर बास्केट,आफुले चाहेको सेयरमा अलेर्ट राख्न सकिने रहेका छन् ।
यसैगरी, रियल टाईममा खरिद बिक्री को अलेर्ट प्राप्त गर्न सकिने, सजिलो र छिटो अर्डर राख्न सकिने,आफ्नो चहे अनुसार जती पनि सेयरको मर्केट डेप्थ हेर्न पाइने, लिन्क एन्ड डक फिचर्स भएको । मल्टी विन्डो फिचर्स भएको ,मल्टी एक्सचेन्ज फिचर्स भएको ,सेयर खरिद बिक्री पछीको हिसाब किताब र अरु रिपोर्ट हेर्नको लागि क्लाइन्ट लगिनको ब्यबस्था भएको ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।