logo

ब्रोकर नम्बर ३ अरुण सेक्युरिटीजले सञ्चालनमा ल्यायो नयाँ टिएमएस

    308   पटक पढिएको


२ साउन/अर्थ र व्यापार – नेपाल धितोपत्र बोर्डले भर्खरै गरेको धितोपत्र व्यावसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमवली २०६४ को छैठौँ संशोधन पछि २० करोड चुक्तापुँजी हुने सबै धितोपत्र ब्रोकरहरूले मार्जिन लेन्डिङ सेवा दिन पाउने व्यवस्था भएसँगै हालको धितोपत्र खरिद बिक्री सेवा सहित मार्जिन कारोबार सेवा प्रदान गर्नका लागि अरुण सेक्युिरिटज (ब्रोकर नं ३) एट्रेडमा जोडिएको छ ।
डीजीहबले सञ्चालनमा ल्याएको अत्याधुनिक नयाँ टीएमएस एट्रेडमा लगानीकर्ताले कारोबार गर्नका लागि अन्तर्राष्ट्रिय स्तरको सुविधा प्राप्त गर्नुकासाथै मार्जिन कारोबार गर्ने सुविधा प्राप्त गर्नेछन । यसका साथै यो टीएमएसमा जोडिने ग्राहकहरूले आफ्नो सेयर बिक्री गर्नासाथ बिक्री गरेको रकम बराबर कारोबार लिमिट प्राप्त गर्न सक्नेछन् ।
यसअघि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) अन्तरगतको टीएमएसबाट कारोबार सञ्चालन गरिरहेको अरुण सेक्युिरिटजले अहिले सञ्चालनमा रहेको टिएमएसमा मार्जिन कारोबार सुविधा नभएकोले आगामी दिनहरुमा मार्जिन कारोबार सुविधा सञ्चालनमा ल्याउन शुक्रबारदेखि डीजीहबको एट्रेड अन्तरगत आफ्नो कारोबार गर्ने जानकारी गराकोछ ।
अरुण सेक्युिरिटजले नेप्से अन्तरगतको टीएमएससँग आफ्नो सम्झौता रद्द गरी अबदेखि आफ्ना ग्राहकहरुलाई डीजीहबको टीएमएस अन्तरगत कारोबार गराउन लागेको जानकारी दिएको छ ।
हाल अरुण सेक्युिरिटजमा करिव २ लाख लगानीकर्ताले ब्रोकर खाता खोली सेयर कारोबार गर्दै आएका छन् । आजदेखि सबै लगानीकर्ताले नेप्सेको टीएमएसबाट हटेर डीजीहबको अत्याधुनिक टीएमएसबाट नयाँ सुविधा सहित सेयर खरिदबिक्री गर्न पाउनेछन्।
एट्रेडमा टिएमएसमा लगानीकर्ताले वेवबाट, डेक्सटपबाट तथा मोबाइल एप लगायतबाट सेयर कारोबार गर्न सक्नेछन् । सो टीएमएस मार्फत लगानीकर्ताले आफ्नो पोर्टफोलियो लाईभ हेर्न पाउनुकासाथै लाईभ डाटा लगायतका आधा दर्जन भन्दा बढी फिचरहरु प्रयोग गर्न सक्नेछन् ।
सो टीएमएसमा कारोबारको पारदर्शिता, सिस्टमको सुरक्षा तथा कारोबार डाटाको सुरक्षाका साथै तथ्यांकको गोपनियतालाई समेत विशेष प्राथमिकता दिइएको छ ।
नयाँ ट्रेड म्यानेजमेन्ट सिस्टमका बिशेषतहरुमा मोबाईल भर्सन,वेब भर्सन,डेस्कटप भर्सन रहेको छ । अन्य अपरेसनल बिशेषतहरुमा सेयर बिक्री गर्ने बित्तिकै सोही बराबरको रकमले सेयर खरिद गर्न सकिने र तेस्को लागि ब्रोकरलाई भनीराख्नु नपर्ने ,आफ्नो लेजर ब्यालेन्स अनुसार कोल्याटर रियल टाईममा पाइने ,एउटै लगिनबाट धेरै युजरको ट्रेड गर्न सकिने, अर्डर बास्केट,आफुले चाहेको सेयरमा अलेर्ट राख्न सकिने रहेका छन् ।
यसैगरी, रियल टाईममा खरिद बिक्री को अलेर्ट प्राप्त गर्न सकिने, सजिलो र छिटो अर्डर राख्न सकिने,आफ्नो चहे अनुसार जती पनि सेयरको मर्केट डेप्थ हेर्न पाइने, लिन्क एन्ड डक फिचर्स भएको । मल्टी विन्डो फिचर्स भएको ,मल्टी एक्सचेन्ज फिचर्स भएको ,सेयर खरिद बिक्री पछीको हिसाब किताब र अरु रिपोर्ट हेर्नको लागि क्लाइन्ट लगिनको ब्यबस्था भएको ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।