logo

सेयर बजारअनुकूल मौद्रिक नीति आएपनि किन टिकेन उत्साह ?

    361   पटक पढिएको


३० असार/अर्थ र व्यापार – यस साताको दोस्रो कारोबार दिन सोमबार भारी अंकले घटेको सेयर बजारलाई हेर्दा सेयर बजारअनुकूल मौद्रिक नीति आएपनि लगानीकर्ताबीच किन टिकेन उत्साह ? भन्ने कौतुहलता उत्पन्न भएको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको मौद्रिक नीति सेयर बजार अनुकूल आएपछि अघिल्लो कारोबार दिन आइतबार सेयर बजारमा निकै उत्साह देखिएर सेयर बजार परिसूचक नेप्से २९ अंक बढेको थियो । तर, सो वृद्धि दुई दिन पनि टिक्न सकेन । सोमबार बजार खुल्नेबित्तिकै देखि ओरालो लागेको नेप्से बजार बन्द हुँदा ३५ दशमलब ०९ अंकले घटेर २७ सय २५.७१ विन्दुमा ओर्लिएको छ ।
यसदिन अघिल्लो दिनको तुलनामा कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ११ अर्ब ४१ करोड रुपैयाँ बढीको कारोबार भएकोमा यसदिन जम्मा ८ अर्ब १७ करोड रुपैयाँको मात्र सेयर कारोबार भएको छ । ५० कम्पनीको सेयरमूल्य बढेको छ भने १ सय ९८ वटा कम्पनीको सेयरमूल्य घटेको छ ।
यसदिन हाइड्रोपावर बाहेक सबै उपसमूहको सेयरमूल्य सूचक घटेका छन् । हाइड्रोपावर उपसमूहको शून्य दशमलब १५ प्रतिशतले बढेको छ । अरु सबै उपसमूहको सूचक रातामै भएर घटेका छन् ।
बैंकिङ उपसमूहको सबैभन्दा धेरै २ दशमलब ४६ प्रतिशतले घटेको छ । विकास बैंक उपसमूहको १.४८ प्रतिशत, फाइनान्स उपसमूहको १.१३, होटल तथा पर्यटन ०.२५, लगानी १.२५, जीवन बीमा १.३६, उत्पादन तथा प्रशोधन ०.७८, माइक्रोफाइनान्स १.२३, निर्जीवन बीमा १.०५, अन्य १.२५ तथा व्यापार उपसमूहको ०.६४ प्रतिशतले घटेको छ ।
यसैगरी, सामुदायिक लघुवित्तको ४.४६, धौलागिरि लघुवित्तको ४.३४, लक्ष्मी सनराइज बैंकको ३.८६, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको ३.८० तथा सिटिजन्स बैंकको ३.७४ प्रतिशतले घटेको छ ।

यसदिन माइखोला हाइड्रोपावरको सेयरमूल्य सबैभन्दा धेरै ५ दशमलब ९० प्रतिशतले बढेको छ । हिमालयन हाइड्रोपावरको ४.४८, जोशी हाइड्रोपावरको ४.४३ तथा सिनर्जी पावरको ४.१२ प्रतिशतले बढेको छ ।
सोमबार धेरै कारोबार भएका पाँच कम्पनीमा एनआरएन इन्फ्रास्ट्रक्चर, बुटवल पावर, सानिमा बैंक, एनआईसी एसिया बैंक र साहस ऊर्जा रहेका छन् । मौद्रिक नीतिपछि ह्वात्तै बजार बढ्ने लगानीकर्ताको अपेक्षा विपरित यस दिनको घटाइलाईलाई निकै गम्भिर रुपमा हेरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।