logo

सेयर बजारअनुकूल मौद्रिक नीति आएपनि किन टिकेन उत्साह ?

    689   पटक पढिएको


३० असार/अर्थ र व्यापार – यस साताको दोस्रो कारोबार दिन सोमबार भारी अंकले घटेको सेयर बजारलाई हेर्दा सेयर बजारअनुकूल मौद्रिक नीति आएपनि लगानीकर्ताबीच किन टिकेन उत्साह ? भन्ने कौतुहलता उत्पन्न भएको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको मौद्रिक नीति सेयर बजार अनुकूल आएपछि अघिल्लो कारोबार दिन आइतबार सेयर बजारमा निकै उत्साह देखिएर सेयर बजार परिसूचक नेप्से २९ अंक बढेको थियो । तर, सो वृद्धि दुई दिन पनि टिक्न सकेन । सोमबार बजार खुल्नेबित्तिकै देखि ओरालो लागेको नेप्से बजार बन्द हुँदा ३५ दशमलब ०९ अंकले घटेर २७ सय २५.७१ विन्दुमा ओर्लिएको छ ।
यसदिन अघिल्लो दिनको तुलनामा कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ११ अर्ब ४१ करोड रुपैयाँ बढीको कारोबार भएकोमा यसदिन जम्मा ८ अर्ब १७ करोड रुपैयाँको मात्र सेयर कारोबार भएको छ । ५० कम्पनीको सेयरमूल्य बढेको छ भने १ सय ९८ वटा कम्पनीको सेयरमूल्य घटेको छ ।
यसदिन हाइड्रोपावर बाहेक सबै उपसमूहको सेयरमूल्य सूचक घटेका छन् । हाइड्रोपावर उपसमूहको शून्य दशमलब १५ प्रतिशतले बढेको छ । अरु सबै उपसमूहको सूचक रातामै भएर घटेका छन् ।
बैंकिङ उपसमूहको सबैभन्दा धेरै २ दशमलब ४६ प्रतिशतले घटेको छ । विकास बैंक उपसमूहको १.४८ प्रतिशत, फाइनान्स उपसमूहको १.१३, होटल तथा पर्यटन ०.२५, लगानी १.२५, जीवन बीमा १.३६, उत्पादन तथा प्रशोधन ०.७८, माइक्रोफाइनान्स १.२३, निर्जीवन बीमा १.०५, अन्य १.२५ तथा व्यापार उपसमूहको ०.६४ प्रतिशतले घटेको छ ।
यसैगरी, सामुदायिक लघुवित्तको ४.४६, धौलागिरि लघुवित्तको ४.३४, लक्ष्मी सनराइज बैंकको ३.८६, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको ३.८० तथा सिटिजन्स बैंकको ३.७४ प्रतिशतले घटेको छ ।

यसदिन माइखोला हाइड्रोपावरको सेयरमूल्य सबैभन्दा धेरै ५ दशमलब ९० प्रतिशतले बढेको छ । हिमालयन हाइड्रोपावरको ४.४८, जोशी हाइड्रोपावरको ४.४३ तथा सिनर्जी पावरको ४.१२ प्रतिशतले बढेको छ ।
सोमबार धेरै कारोबार भएका पाँच कम्पनीमा एनआरएन इन्फ्रास्ट्रक्चर, बुटवल पावर, सानिमा बैंक, एनआईसी एसिया बैंक र साहस ऊर्जा रहेका छन् । मौद्रिक नीतिपछि ह्वात्तै बजार बढ्ने लगानीकर्ताको अपेक्षा विपरित यस दिनको घटाइलाईलाई निकै गम्भिर रुपमा हेरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।