logo

मौद्रिक नीतिपछि सेयर बजारमा उछाल

    270   पटक पढिएको


२९ असार/अर्थ र व्यापार – यस साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार परिसूचक नेप्से २९ अंकले बढेर २७ सय ६० दशमलब ८० विन्दुमा कायम भएको छ । नेपाल राष्ट्र बैंकले गत शुक्रबार सार्वजनिक गरेको मौद्रिक नीतिपछि सेयर बजारमा उछाल देखिएको छ ।
यसदिन बजार खुलेको १ मिनेटमै ६६ अंकले नेप्से बढेको थियो । सो बृद्धि दिनभर टिक्न सकेन । बजार खुल्नेपछिको केही मिनेट नेप्से ह्वात्तै बढेर २७ सय ९७ अंकसम्म पुगेको थियो । तर, बजारमा बिक्री चाप बढेपछि नेप्से घटेर केही तल पुगेको हो ।
अघिल्लो दिनको तुलनामा सेयर बजारमा कारोबार रकम उल्लेख्य बढेको छ । अघिल्लो दिन ९ अर्ब ६८ करोडको कारोबार भएकोमा यसदिन ११ अर्ब ४१ करोड ६४ लाख २८ हजार ४ सय ६७ रुपैयाँको सेयर कारोबार भएको छ ।
आइतबार १ सय ५८ वटा कम्पनीको सेयरमूल्य बढेको छ । ९० वटा कम्पनीको सेयरमूल्य घटेको छ । यसदिन पनि सबैभन्दा धेरै बैंकिङ र माइक्रोफाइनान्स उपसमूहको सेयरमूल्य बढेको छ । माइक्रोफाइनान्स उपसमूहको ३ दशमलब ५० प्रतिशत र बैंकिङ उपसमूहको ३ दशमलब ३७ प्रतिशतले सेयरमूल्य बढेको छ ।
अहिले राष्ट्र बैंकले माइक्रोफाइनान्स कम्पनीलाई लाभांश वितरणमा लगाइएको १५ प्रतिशतको सीमामा पुनरावलोकन गर्नेगरी मौद्रिक नीतिमा सम्बोधन गरेको छ । जसले गर्दा यो उपसमूहको सेयरमूल्य सबैभन्दा धेरै बढेको छ । त्यस्तै बैंकको आधार दर गणनालाई यथार्थपरक बनाउने मौद्रिक नीतिमा भनिएपछि यसले बैंकिङ उपसमूहको सेयरमूल्य बढाउन बल पुगेको देखिन्छ ।
यसदिन विकास बैंक उपसमूहको १ दशमलब ४७ प्रतिशत, फाइनान्स उपसमूहको १ दशमलब ८७ प्रतिशत, होटल तथा पर्यटन उपसमूहको शून्य दशमलब ४८ प्रतिशत, जीवन बीमा उपसमूहको शून्य दशमलब ०२ प्रतिशत, उत्पादन तथा प्रशोधन उपसमूहको शून्य दशमलब ३१ प्रतिशतले सेयरमूल्य बढेको छ ।
हाइड्रोपावर उपसमूहको शून्य दशमलब ८३ प्रतिशत, लगानी उपसमूहको शून्य दशमलब ०८ प्रतिशत, निर्जीवन बीमा उपसमूहको शून्य दशमलब ३४ प्रतिशत, अन्य उपसमूहको शून्य दशमलब २७ प्रतिशत र व्यापार उपसमूहको शून्य दशमलब २६ प्रतिशतले सेयरमूल्य घटेको छ ।
सबैभन्दा धेरै एनआईसी एसिया बैंक र खानीखोला हाइड्रोपावरको सेयरमूल्य १० प्रतिशतले बढेको छ । जीवन विकास लघुवित्तको ९ दशमलब ६१ प्रतिशत, नेस्डो समृद्धि लघुवित्तको ७ दशमलब ३० प्रतिशत , समाज लघुवित्तको ६ दशमलब ५० प्रतिशतले सेयर मूल्य बढेको छ ।
यसदिन हिमालयन हाइड्रोपावरको सेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले घटेको छ । राप्ती हाइड्रोको ७ दशमलब ३४ प्रतिशत, भगवती हाइड्रोको ६ दशमलब ९३ प्रतिशत र पन्चकन्यामाइ हाइड्रोको ५ दशमलब ३६ प्रतिशतले घटेको छ ।
यसदिन धेरै कारोबार भएका कम्पनीहरूमा एनआईसी एसिया बैंक, बुटवल पावर, एनआरएन इन्फ्रास्ट्रक्चर, सानिमा बैंक र सीईडीबी होल्डिङ्स रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।