logo

मौद्रिक नीतिपछि सेयर बजारमा उछाल

    637   पटक पढिएको


२९ असार/अर्थ र व्यापार – यस साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार परिसूचक नेप्से २९ अंकले बढेर २७ सय ६० दशमलब ८० विन्दुमा कायम भएको छ । नेपाल राष्ट्र बैंकले गत शुक्रबार सार्वजनिक गरेको मौद्रिक नीतिपछि सेयर बजारमा उछाल देखिएको छ ।
यसदिन बजार खुलेको १ मिनेटमै ६६ अंकले नेप्से बढेको थियो । सो बृद्धि दिनभर टिक्न सकेन । बजार खुल्नेपछिको केही मिनेट नेप्से ह्वात्तै बढेर २७ सय ९७ अंकसम्म पुगेको थियो । तर, बजारमा बिक्री चाप बढेपछि नेप्से घटेर केही तल पुगेको हो ।
अघिल्लो दिनको तुलनामा सेयर बजारमा कारोबार रकम उल्लेख्य बढेको छ । अघिल्लो दिन ९ अर्ब ६८ करोडको कारोबार भएकोमा यसदिन ११ अर्ब ४१ करोड ६४ लाख २८ हजार ४ सय ६७ रुपैयाँको सेयर कारोबार भएको छ ।
आइतबार १ सय ५८ वटा कम्पनीको सेयरमूल्य बढेको छ । ९० वटा कम्पनीको सेयरमूल्य घटेको छ । यसदिन पनि सबैभन्दा धेरै बैंकिङ र माइक्रोफाइनान्स उपसमूहको सेयरमूल्य बढेको छ । माइक्रोफाइनान्स उपसमूहको ३ दशमलब ५० प्रतिशत र बैंकिङ उपसमूहको ३ दशमलब ३७ प्रतिशतले सेयरमूल्य बढेको छ ।
अहिले राष्ट्र बैंकले माइक्रोफाइनान्स कम्पनीलाई लाभांश वितरणमा लगाइएको १५ प्रतिशतको सीमामा पुनरावलोकन गर्नेगरी मौद्रिक नीतिमा सम्बोधन गरेको छ । जसले गर्दा यो उपसमूहको सेयरमूल्य सबैभन्दा धेरै बढेको छ । त्यस्तै बैंकको आधार दर गणनालाई यथार्थपरक बनाउने मौद्रिक नीतिमा भनिएपछि यसले बैंकिङ उपसमूहको सेयरमूल्य बढाउन बल पुगेको देखिन्छ ।
यसदिन विकास बैंक उपसमूहको १ दशमलब ४७ प्रतिशत, फाइनान्स उपसमूहको १ दशमलब ८७ प्रतिशत, होटल तथा पर्यटन उपसमूहको शून्य दशमलब ४८ प्रतिशत, जीवन बीमा उपसमूहको शून्य दशमलब ०२ प्रतिशत, उत्पादन तथा प्रशोधन उपसमूहको शून्य दशमलब ३१ प्रतिशतले सेयरमूल्य बढेको छ ।
हाइड्रोपावर उपसमूहको शून्य दशमलब ८३ प्रतिशत, लगानी उपसमूहको शून्य दशमलब ०८ प्रतिशत, निर्जीवन बीमा उपसमूहको शून्य दशमलब ३४ प्रतिशत, अन्य उपसमूहको शून्य दशमलब २७ प्रतिशत र व्यापार उपसमूहको शून्य दशमलब २६ प्रतिशतले सेयरमूल्य घटेको छ ।
सबैभन्दा धेरै एनआईसी एसिया बैंक र खानीखोला हाइड्रोपावरको सेयरमूल्य १० प्रतिशतले बढेको छ । जीवन विकास लघुवित्तको ९ दशमलब ६१ प्रतिशत, नेस्डो समृद्धि लघुवित्तको ७ दशमलब ३० प्रतिशत , समाज लघुवित्तको ६ दशमलब ५० प्रतिशतले सेयर मूल्य बढेको छ ।
यसदिन हिमालयन हाइड्रोपावरको सेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले घटेको छ । राप्ती हाइड्रोको ७ दशमलब ३४ प्रतिशत, भगवती हाइड्रोको ६ दशमलब ९३ प्रतिशत र पन्चकन्यामाइ हाइड्रोको ५ दशमलब ३६ प्रतिशतले घटेको छ ।
यसदिन धेरै कारोबार भएका कम्पनीहरूमा एनआईसी एसिया बैंक, बुटवल पावर, एनआरएन इन्फ्रास्ट्रक्चर, सानिमा बैंक र सीईडीबी होल्डिङ्स रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।