logo

सेयर बजारले २७ सय नाघ्यो 

    382   पटक पढिएको



२५ असार/अर्थ र व्यापार– यस साताको चैथो कारोबार दिन बुधबार फेरि सेयर बजारले २७ सय अंक नाघेको छ । अघिल्लो दिनको तुलनामा यसदिन सेयर बजार परिसूचक नेप्से २२ दशमलब ०४ अंकले बढेर २७ सय ०५ दशमलब ९० विन्दुमा पुगेको छ ।
१ सय ९९ वटा कम्पनीको सेयरमूल्य बढेको छ । ४९ वटा कम्पनीको सेयरमूल्य घटेको छ । यसदिन कारोबार रकम पनि अघिल्लो दिनको भन्दा केही बढेको छ । अघिल्लो दिन ६ अर्ब ५७ करोडको कारोबार भएकोमा बुधबार ७ अर्ब ४५ करोड १८ लाख ७७ हजार १ सय २ रुपैयाँको सेयर कारोबार भएको छ ।
यसदिन बैंकिङ उपसमूहमा लगानीकर्ताको आकर्षण देखिएको छ । बैंकिङ उपसमूहको सेयरमूल्य सबैभन्दा धेरै १ दशमलब ६८ प्रतिशतले बढेको छ । त्यस्तै विकास बैंक उपसमूहको ०.३४ प्रतिशत, होटल तथा पर्यटन उपसमूहको ०.२८ प्रतिशत, हाइड्रोपावर उपसमूहको ०.५४ प्रतिशतले बढेको छ ।
लगानी उपसमूहको १.३७, जीवन बीमा ०.२४, उत्पादन तथा प्रशोधन ०.९५, माइक्रोफाइनान्स ०.८५, निर्जीवन बीमा ०.२४, अन्य ०.३० तथा व्यापार ०.३४ प्रतिशत बढे ।
फाइनान्स उपसमूहको ०.३८ प्रतिशत घट्यो । बरुण हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ६.२१ प्रतिशत बढ्यो । पन्चकन्या माइ हाइड्रोपावरको ४.२८, एनआईसी एसिया बैंकको ३.९३, सीईडीबी होल्डिङ्सको ३.८८, न्यादी हाइड्रोपावरको ३.७४ प्रतिशत मूल्य बढ्यो ।
सेयर मूल्य धेरै बढेका वाणिज्य बैंकमा एनआईसी एसियापछि माछापुच्छ्रे, लक्ष्मी सनराइज, कृषि विकास, सिटिजन्स, ग्लोबल आईएमई, प्रमु र कुमारी क्रमशः छन् ।
ग्रिन डेभलपमेन्ट बैंकको ४.४१ प्रतिशत मूल्य घट्यो । पिपुल्स हाइड्रोपावरको २.७७, राप्ती हाइड्रोको २.४४ तथा खानीखोला हाइड्रोको २.२९ प्रतिशत घट्यो ।
यसदिन धेरै कारोबार भएका कम्पनीमा राधि विद्युत्, बुटवल पावर, एनआरएन इन्फ्रास्ट्रक्चर, गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स र नेपाल पुनर्बीमा कम्पनी क्रमशः अगाडि छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।