logo

नेप्से ०.१४ अंक घट्यो ,रसुवागढी हाइड्रोपावरको सेयरमूल्य ५.०८ प्रतिशत घट्यो

    597   पटक पढिएको

२४ असार/अर्थ र व्यापार – यस साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार परिसूचक नेप्से ०.१४ अंकले घटेको छ । यसदिन १ सय ३३ वटा कम्पनीको सेयरमूल्य बढ्यो भने १ सय १५ वटा कम्पनीको सेयरमुल्य घटेको छ । झिंनो अंकले घटेको नेप्से २६ सय ८३ दशमलब ८६ विन्दुमा कायम भएको छ ।
यसदिन कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ८ अर्ब ३७ करोडको कारोबार भएकोमा यसदिन ६ अर्ब ५७ करोडको सेयर कारोबार भएको छ ।
सबै भन्दा धेरै रसुवागढी हाइड्रोपावरको सेयरमूल्य ५.०८ प्रतिशत घट्यो ।

बैंकिङ ०.३७, होटल तथा पर्यटन ०.०१, अन्य ०.७७, निर्जीवन बीमा ०.३७ प्रतिशत घटे । जीवन बीमा स्थिर रह्यो ।
मंगलबार बिहान चीनतर्फबाट आएको ठुलो बाढीले रसुवागढी हाइड्रोपावरमा क्षति भएका कारण सो कम्पनीको सेयरमूल्य सबैभन्दा धेरै ५.०८ प्रतिशत घटेको हो ।
मंगलबार बिहानको बाढीका कारण सो कम्पनीले बनाएको १ सय ११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजना क्षति भई विद्युत् आपूर्ति बन्द भएपछि सेयर मूल्यमा नकारात्मक प्रभाव परेको हो । त्यस्तै, भूगोल इनर्जीको ३.९२ तथा माथिल्लो मैलुङखोलाको ३.१४ प्रतिशत मूल्य घट्यो ।
यसदिन बुटवल पावरको मूल्य सबैभन्दा धेरै ८ दशमलब २१ प्रतिशत बढ्यो । पिपुल्स हाइड्रोपावरको ५.९६, रिभर फल्स पावरको ४.६९, ग्रिन डेभलपमेन्ट बैंकको ४.६२ तथा सयपत्री हाइड्रोपावरको ४.०७ प्रतिशत मूल्य बढ्यो ।
फाइनान्स समूह सबैभन्दा धेरै १.२५ प्रतिशत बढ्यो । त्यस्तै विकास बैंक ०.४१, हाइड्रोपावर ०.५९, लगानी ०.०८, उत्पादन तथा प्रशोधन ०.३७, माइक्रोफाइनान्स ०.०७ तथा व्यापार ०.३८ प्रतिशत बढे ।
धेरै कारोबार भएका कम्पनीमा नेपाल पुनर्बीमा, बुटवल पावर, गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स, लक्ष्मी सनराइज बैंक संस्थापक, राधि विद्युत् क्रमशः अगाडि रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।