logo

लगातार ६ बढेको सेयर बजारमा २२.३५ अंकको करेक्सन

    331   पटक पढिएको

२३ असार/अर्थ र व्यापार – लगातार बढेको ६ कारोबार दिनपछि सोमबार सेयर बजार करेक्सन आएको छ । अघिल्लो दिनको तुलनामा यसदिन सेयरबजार परिसूचक नेप्से २२ दशमलब ३५ अंकले घटेको छ । सो गिरावटपछि नेप्से २६ सय ८४ विन्दुमा कायम भएको छ । यसदिन अघिल्लो दिनको तुलनामा कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ९ अर्ब ५० करोडको कारोबार भएकोमा यसदिन ८ अर्ब ३७ करोड ७३ लाख २७ हजार १ सय ४७ रुपैयाँको सेयर कारोबार भएको छ ।
जम्मा ३९ वटा कम्पनीको मूल्य बढ्दा २०९ वटाको घटेको छ ।
यसदिन अधिकांश उपसमूहका सेयरमूल्य सूचक घटेका छन् । फाइनान्स सबैभन्दा धेरै ३.७६ प्रतिशत घट्यो । बैंकिङ ०.७९, विकास बैंक ०.८१, हाइड्रोपावर १.०२, लगानी ०.७६, जीवन बीमा ०.९३ प्रतिशतले घटेको छ । उत्पादन तथा प्रशोधन १.२४, माइक्रोफाइनान्स ०.७०, निर्जीवन बीमा ०.६६, अन्य ०.१५ तथा व्यापार १.२५ प्रतिशत घटे । राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सनको मूल्य सबैभन्दा धेरै १० प्रतिशत घट्यो । ग्रिन डेभलपमेन्ट बैंकको ९.४९, नेपाल फाइनान्सको ५.३९, समृद्धि फाइनान्सको ४.५९ प्रतिशत घट्यो ।
होटल तथा पर्यटन समूह ०.६१ प्रतिशत बढ्यो । माथिल्लो मैलुङखोला जलविद्युत्को मूल्य सबैभन्दा धेरै ६.५६ प्रतिशत बढ्यो । त्यस्तै कर्पोरेट डेभलपमेन्ट बैंकको ६.२८, भगवती हाइड्रोपावरको ४.०६, सिन्धु विकास बैंकको ३.७४, क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको ३.५९ प्रतिशत बढ्यो । यसदिन धेरै कारोबार भएका पाँच कम्पनीहरूमा नेपाल पुनर्बीमा, गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स, एनआरएन इन्फ्रास्ट्रक्चर, साहस ऊर्जा र ङादी ग्रुप पावर रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।