logo

सामान्य अंकले घट्यो सेयर बजार

    535   पटक पढिएको

३ असार/अर्थ र व्यापार – यस साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार परिसूचक नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ३ दशमलब ९० अंकले घटेर २६ सय ५४ दशमलब ७५ विन्दुमा कायम भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम पनि धेरै घटेको छ ।
अघिल्लो दिन १३ अर्ब १८ करोडको कारोबार भएकोमा यसदिन जम्मा ७ अर्ब ६५ करोड रुपैयाँको सेयर कारोबार भएको छ । यसदिन १ सय ४८ वटा कम्पनीको सेयरमूल्य घटेको छ । ९९ वटा कम्पनीको सेयरमूल्य बढेको छ । यस दिन माइक्रोफाइनान्स उपसमूहमा बढी आकर्षण देखिएको छ । सो उपसमूहको सेयरमूल्य १ दशमलब १० प्रतिशतले बढेको छ ।
त्यस्तै हाइड्रोपावर उपसमूहको २७ प्रतिशत र व्यापार उपसमूहको शून्य दशमलब ११ प्रतिशतले बढेको छ । यीबाहेक सबै उपसमूहको सूचक घटेको छ । बैंकिङ उपसमूहको शून्य दशमलब ४५ प्रतिशत, विकास बैंक उपसमूहको शून्य दशमलब २० प्रतिशत, फाइनान्स उपसमूहको शून्य दशमलब ४९ प्रतिशत, होटल तथा पर्यटन उपसमूहको १ दशमलब ५८ प्रतिशत, लगानी उपसमूहको शून्य दशमलब ४३ प्रतिशतले घटेको छ ।
जीवन बीमा उपसमूहको शून्य दशमलब ४७ प्रतिशत, उत्पादन तथा प्रशोधन उपसमूहको शून्य दशमलब १४ प्रतिशत, निर्जीवन बीमा उपसमूहको शून्य दशमलब २५ प्रतिशत र अन्य उपसमूहको शून्य दशमलब १५ प्रतिशतले सेयरमूल्य घटेको छ ।
पियोर इनर्जीको सेयरमूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै बुटवल पावरको ७ दशमलब ७३ प्रतिशत, सामुदायिक लघुवित्तको ७ दशमलब १३ प्रतिशत, अपरहेवाखोलाको ५ दशमलब २८ प्रतिशत र विन्ध्यबासिनी हाइड्रोपावरको ५ दशमलब १६ प्रतिशतले बढेको छ ।
गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सको ४ दशमलब ६२ प्रतिशत, नारायणी डेभलपमेन्ट बैंकको ३ दशमलब ९४ प्रतिशत , सिन्धु विकास बैंकको ३ दशमलब ७७ प्रतिशत र क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको ३ दशमलब २१ प्रतिशतले सेयर मूल्य घटेको छ ।
धेरै कारोबार भएका पाँच कम्पनीहरूमा सानिमा माइ हाइड्रोपावर, बुटवल पावर, ङयादी ग्रुप, राधि विद्युत् र सोल्टी होटल क्रमशः अगाडि रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।