logo

सामान्य अंकले घट्यो सेयर बजार

    359   पटक पढिएको

३ असार/अर्थ र व्यापार – यस साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार परिसूचक नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ३ दशमलब ९० अंकले घटेर २६ सय ५४ दशमलब ७५ विन्दुमा कायम भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम पनि धेरै घटेको छ ।
अघिल्लो दिन १३ अर्ब १८ करोडको कारोबार भएकोमा यसदिन जम्मा ७ अर्ब ६५ करोड रुपैयाँको सेयर कारोबार भएको छ । यसदिन १ सय ४८ वटा कम्पनीको सेयरमूल्य घटेको छ । ९९ वटा कम्पनीको सेयरमूल्य बढेको छ । यस दिन माइक्रोफाइनान्स उपसमूहमा बढी आकर्षण देखिएको छ । सो उपसमूहको सेयरमूल्य १ दशमलब १० प्रतिशतले बढेको छ ।
त्यस्तै हाइड्रोपावर उपसमूहको २७ प्रतिशत र व्यापार उपसमूहको शून्य दशमलब ११ प्रतिशतले बढेको छ । यीबाहेक सबै उपसमूहको सूचक घटेको छ । बैंकिङ उपसमूहको शून्य दशमलब ४५ प्रतिशत, विकास बैंक उपसमूहको शून्य दशमलब २० प्रतिशत, फाइनान्स उपसमूहको शून्य दशमलब ४९ प्रतिशत, होटल तथा पर्यटन उपसमूहको १ दशमलब ५८ प्रतिशत, लगानी उपसमूहको शून्य दशमलब ४३ प्रतिशतले घटेको छ ।
जीवन बीमा उपसमूहको शून्य दशमलब ४७ प्रतिशत, उत्पादन तथा प्रशोधन उपसमूहको शून्य दशमलब १४ प्रतिशत, निर्जीवन बीमा उपसमूहको शून्य दशमलब २५ प्रतिशत र अन्य उपसमूहको शून्य दशमलब १५ प्रतिशतले सेयरमूल्य घटेको छ ।
पियोर इनर्जीको सेयरमूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै बुटवल पावरको ७ दशमलब ७३ प्रतिशत, सामुदायिक लघुवित्तको ७ दशमलब १३ प्रतिशत, अपरहेवाखोलाको ५ दशमलब २८ प्रतिशत र विन्ध्यबासिनी हाइड्रोपावरको ५ दशमलब १६ प्रतिशतले बढेको छ ।
गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सको ४ दशमलब ६२ प्रतिशत, नारायणी डेभलपमेन्ट बैंकको ३ दशमलब ९४ प्रतिशत , सिन्धु विकास बैंकको ३ दशमलब ७७ प्रतिशत र क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको ३ दशमलब २१ प्रतिशतले सेयर मूल्य घटेको छ ।
धेरै कारोबार भएका पाँच कम्पनीहरूमा सानिमा माइ हाइड्रोपावर, बुटवल पावर, ङयादी ग्रुप, राधि विद्युत् र सोल्टी होटल क्रमशः अगाडि रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।