logo

१३.६९ अंकले घट्यो सेयर बजार

    366   पटक पढिएको


२८ जेठ/अर्थ र व्यापार – यस साताको चौथो कारोबार दिन बुधबार सेयर बजार घटेको छ । अघिल्ला दुई दिन लगातार बढेको सेयर बजार बुधबार भने घटेको छ ।
अघिल्लो दिनको तुलनामा यसदिन सेयरबजार परिसूचक नेप्से १३ दशमलब ६९ अंकले घटेर २६ सय ६४ दशमलब ४७ विन्दुमा कायम भएको छ । अघिल्लो दिनको तुलनामा यसदिन कारोबार रकम सामान्य घटेको छ । अघिल्लो दिन १० अर्ब १६ करोडको कारोबार भएकोमा यसदिन ९ अर्ब ९० करोड ७ लाख ५ हजार ५ सय ७५ रुपैयाँको कारोबार भएको छ ।
७७ वटा कम्पनीको सेयरमूल्य बढेको छ । १ सय ७० वटा कम्पनीको घटेको छ । एउटा कम्पनीको स्थिर रहेको छ । यसदिन हाइड्रोपावर बाहेक सबै उपसमूहका सूचक घटेका छन् । हाइड्रोपावर १ दशमलब १३ प्रतिशत बढेको छ । फाइनान्स उपसमूहको सेयरमूल्य १ दशमलब ३१ प्रतिशतले घटेको छ ।
त्यस्तै बैंकिङ उपसमूहको ०.५१प्रतिशत, विकास बैंक उपसमूहको ०.७८, होटल तथा पर्यटन उपसमूहको १.०८, लगानी उपसमूहको १.०७ घटेको छ । जीवन बीमा उपसमूहको ०.८४, उत्पादन तथा प्रशोधन उपसमूहको ०.६१, माइक्रोफाइनान्स उपसमूहको ०.४१, निर्जीवन बीमा उपसमूहको ०.७१, अन्य उपसमूहको १.५७ र व्यापार उपसमूहको ०.९२ प्रतिशतले घटेको छ ।
तीन हाइड्रोपावर कम्पनी पियोर इनर्जी, सिनर्जी पावर र बुटवल पावरको मूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै रिभर फल्स पावरको ७.६४, गुराँस लघुवित्तको ७.१४ तथा श्री इन्भेस्टमेन्ट फाइनान्सको ६.०७ प्रतिशत मूल्य बढ्यो । सप्तकोशी विकास बैंकको ४.८३, स्वाभिमान लघुवित्तको ३.९४ तथा बोटलर्स नेपाल बालाजुको ३.८९ प्रतिशत मूल्य घट्यो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।