logo

त्रिशक्ति सेक्युरिटिज डीजीहबको अत्याधुनिक एयर ट्रेडमा

आगामि सातादेखि लगानीकर्तालाई नयाँ टीएमएस प्रणाली

    356   पटक पढिएको



२७ जेठ/अर्थ र व्यापार – त्रिशक्ति सेक्युरिटिज (ब्रोकर नं ४८) एयर ट्रेडमा जोडिने भएको छ । अत्याधुनिक नयाँ टीएमएस संचालक कम्पनी डीजीहबले ल्याएको एयर ट्रेडमा त्रिशक्ति सेक्युरिटिजले आफ्नो टीएमएसलाई जोड्ने भएकोको हो ।
यसअघि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) अन्तरगतको वाईकोले संचालन गर्दै आएको टीएमएसमा रहेको त्रिशक्ति सेक्युरिटिजले आगामि सातादेखि डीजीहबको एयर ट्रेड अन्तरगत आफ्नो कारोबार गर्नेछ ।
त्रिशक्ति सेक्युरिटिजले नेप्से अन्तरगत वाईकोको टीएमएससँग आफ्नो सम्झौता रद्द गरी आगामि सातादेखि आफ्ना ग्राहकहरुलाई डीजीहबको टीएमएस अन्तरगत कारोबार गराउन लागेको जानकारी दिएको हो ।
हाल त्रिशक्ति सेक्युरिटिजमा करिव २ लाख लगानीकर्ताले टीएमएस खोली सेयर कारोबार गर्दै आएका छन् । आगामि हप्तादेखि सबै लगानीकर्ताले नेप्सेको टीएमएसबाट हटेर डीजीहबको अत्याधुनिक टीएमएसबाट नयाँ सुविधा सहित सेयर खरिदबिक्री गर्न पाउनेछन् ।
जसमा लगानीकर्ताले वेव, डेक्सटप, मोबाइल एपलगायत भर्सनबाट सेयर कारोबार गर्न सक्नेछन् । सो टीएमएसमार्फत लगानीकर्ताले आफ्नो पोर्टफोलियो, लाईभ डाटालगायतका आधा दर्जनभन्दा बढी फिचरहरु प्रयोग गर्न सक्नेछन् । उक्त टीएमएसमा पारदर्शिता, सिस्टमको सुरक्षा, डाटाको सुरक्षाका साथै तथ्यांकको गोपनियतालाई समेत विशेष प्राथमिकता दिइएको सो कम्पनीले जनाएको छ ।
नयाँ ट्रेड म्यानेजमेन्ट सिस्टमका बिशेषताहरुमा मोबाईल भर्सन,वेब भर्सन,डेस्कटप भर्सन रहेको छ । सेयर बिक्री गर्ने बित्तिकै सोही बराबरको रकमले सेयर खरिद गर्न सकिने र तेस्को लागि ब्रोकर लाई भनी राख्नु नपर्ने । ,आफ्नो लेजर ब्यालेन्स अनुसार कोल्याटर रियल टाईममा पाइने,एउटै लगिनबाट धेरै युजरको ट्रेड गर्न सकिने ,अर्डर बास्केट ,आफुले चाहेको सेयरमा अलेर्ट राख्न सकिने , रहेका छन् ।
यसैगरी, रियल टाईममा खरिद बिक्री को अलेर्ट प्राप्त गर्न सकिने ,सजिलो र छिटो अर्डर राख्न सकिने ,आफ्नो चहे अनुसार जती पनि सेयरको मर्केट डेप्थ हेर्न पाइने ,लिन्क एन्ड डक फिचर्स भएको ,मल्टी विन्डो फिचर्स भएको ,मल्टी एक्सचेन्ज फिचर्स भएको ,सेयर खरिद बिक्री पछीको हिसाबकिताब र अरु रिपोर्ट हेर्नको लागि क्लाइन्ट लगिनको ब्यबस्था भएको सो कम्पनीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।