logo

सेयर बजार दोहोरो अंकले बढ्यो

    227   पटक पढिएको


२६ जेठ/अर्थ र व्यापार – यसअघिका लगातार चारदिनको गिरावट पछि सोमबार सेयर बजार दोहोरो अंकले बढेको छ । यसदिन अघिल्लो दिनको तुलनामा सेयरबजार परिसूचक नेप्से २३ दशमलब १९ अंकले बढेको छ । सो वृद्धिपछि नेप्से २६ सय ५३ विन्दुमा कायम भएको छ । सोबार बजार खुलेपछि दिनभर सबै सूचक हरियो नै रहेको थियो ।
यसदिन बजार बढेपनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ । अघिल्लो दिन ९ अर्ब १३ करोड रुपैयाँको कारोबार भएकोमा यसदिन ८ अर्ब ६८ करोड ९३ लाख ५० हजार ३ सय १९ रुपैयाँको सेयर कारोबार भएको छ ।
यसदिन १ सय ९१ वटा कम्पनीको मूल्य बढ्दा ५६ वटा कम्पनीको घटेको छ । एउटाको स्थिर रहेको छ । हाइड्रोपावर उपसमूहको सेयरमूल्य सबैभन्दा धेरै बढेको छ । अघिल्लो दिन सबैभन्दा धेरै १ दशमलब २२ प्रतिशतले बढेको यो सो उपसमूहको सेयरमूल्य २ दशमलब ३५ प्रतिशतले बढेको छ ।
अन्य उपसमूहको सबैभन्दा धेरै २ दशमलब ६३ प्रतिशतले बढेको छ । बैंकिङ उपसमूहको ०.४३ प्रतिशत , विकास बैंक उपसमूहको ०.१७ प्रतिशत , फाइनान्स उपसमूहको ०.५९ प्रतिशत , लगानी उपसमूहको १.१४ प्रतिशत , उत्पादन तथा प्रशोधन उपसमूहको ०.२० प्रतिशत, माइक्रोफाइनान्स उपसमूहको ०.४८ प्रतिशत, निर्जीवन बीमा उपसमूहको ०.४४ प्रतिशतले बढेको छ ।
व्यापार उपसमूहको ०.४४ प्रतिशत, जीवन बीमा उपसमूहको ०.०९ प्रतिशत र होटल तथा पर्यटन उपसमूहको ०.२५ प्रतिशतले घटेको छ ।
यसदिन विभिन्न चारवटा जलविद्युत् कम्पनीको सेयर मूल्य सर्किट लेबलमा बढेको छ । १० प्रतिशतको सर्किट लेबलमा सेयरमूल्य बढेका कम्पनीहरुमा मकर जितुमाया सुरी हाइड्रोपावर, पियोर इनर्जी, दोल्ती पावर र विन्ध्यबासिनी हाइड्रोपावर रहेका छन् ।
भूगोल इनर्जीको ७ दशमलब ४७ प्रतिशत, मिथिला लघुवित्तको ५ दशमलब २३ प्रतिशत, सप्तकोशी विकास बैंकको ५ दशमलब ११ प्रतिशतले घटेको छ । यसदिन धेरै कारोबार भएका पाँच कम्पनीमा राधि विद्युत्, युनिभर्सल पावर, बुटवल पावर, एनआरएन इन्फ्रास्ट्रक्चर र सीईडीबी होल्डिङ्स क्रमशः अगाडि रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।