logo

नेप्से दोहोरो अंकले घटेर २६२९.८९ विन्दुमा, कारोबार रकम बढ्यो

    295   पटक पढिएको


२५ जेठ/अर्थ र व्यापार – यस साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारको परिसूचक ११ दशममलब ०६ अंकले घटेर २६ सय २९ दशमलब ८९ विन्दुमा पुगेको छ । यसदिन अघिल्लो कारोबार दिनको तुलनामा कारोबार रकम भने केही बढेको छ ।
आइतबार होटल तथा पर्यटन र जलविद्युत् बाहेकका सबै समूह घटेका छन्, जसले बजार सूचकलाई घटाएको छ । वाणिज्य बैंक उपसमूहको सूचक सर्वाधिक १ दशमलब ०५ प्रतिशतले घटेको छ । अहिलेसम्म लगातार चौथौ दिन ओरालो लागेको छ ।
यसदिन १ सय ६२ वटा कम्पनीको सेयरमूल्य घटेको छ । ओम मेगाश्री फर्मास्युटिकल्सको सेयरमूल्य घटेर नेगेटिभ सर्किट लागेको छ । ८६ वटा कम्पनीको सेयरमूल्य बढेको छ । रिभर फल्स पावर र पियोर इनर्जीको मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।
यसदिन ९ अर्ब १३ करोड ७४ लाख रुपैयाँको सेयर कारोबार भएको छ । राधी विद्युत् कम्पनीको सबैभन्दा धेरै ७२ करोड ९५ लाख रुपैयाँको सेयर खरिदविक्री भएको छ । यस्तै, युनिभर्सल पावरको ६२ करोड २७ लाख र ङयादी ग्रुप पावरको ६१ करोड ७१ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।