logo

कर्नरिङ र इन्साइडर ट्रेडिङ गर्नेमाथि कडा कारबाही गर्न अर्थमन्त्रीको निर्देशन

    647   पटक पढिएको


२५ जेठ/अर्थ र व्यापार – उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सेयर बजारमा गलत कार्य गरेर अनुचित लाभ लिनेमाथि निर्मम भएर कारवाही गर्न निर्देशन दिएका छन् । नेपाल धितोपत्र बोर्डको ३३ औं वार्षिकोत्सव कार्यक्रममा उनले पुँजी बजारलाई सम्पूर्ण लगानीकर्ताको हितमा बनाउनुपर्ने भन्दै गलत काम गर्नेमाथि कसैको प्रभाव र दबाबमा नपरी कारवाही गर्न बोर्डलाई निर्देशन दिएका हुन् ।
उनले सेयर बजारमा हुने गरेको सेयर कर्नरिङ र इन्साइडर ट्रेडिङलाई निस्तेज पार्न त्यस्ता कार्य गर्नेमाथि बोर्डले कडा कारवाही गर्नुपर्ने बताए । ‘सेयर बजार भनेको अर्थतन्त्रको ऐन हो भने यसलाई देशको अर्थतन्त्रको भविष्य हेर्न मिल्ने बनाउनुपर्छ,’ अर्थमन्त्री पौडेलले भने, ‘अबका दिनका बोर्डले लगानीकर्ताको हित सुरक्षित गर्दै नयाँ नयाँ उपकरण ल्याएर पुँजीवजारको दायरा फराकिलो बनाउनु पर्छ ।’
कार्यक्रममा उनले सेबोन अध्यक्ष सन्तोष नारायण श्रेष्ठलाई आफुले पनि गल्ती नगर्ने र यदि अरुले गल्ती गरेका भएमा निर्मम भएर कारबाही गर्न समेत निर्देशन दिए । सरकारले नेपालको पुँजी बजारको विकासलाई गुणात्मक रुपमा अघि बढाउन खोजेको जानकारी दिँदै उनले नराम्रो काम गर्नेलाई दण्डित र राम्रो काम गर्नेलाई पुरस्कृत गर्दै अघि बढ्नुपर्ने बताए ।
यसैगरी, बोर्डका अध्यक्ष श्रेष्ठले पुँजी बजारलाई लगानीकर्ताको हित सुरक्षित गर्दै सबैले विश्वास गर्न सक्ने गरी अघि बढाउन लागेको जानकारी दिँदै यस विषयमा सबै सरोकारवालाहरुको साथ र सहयोग आवश्यक रहेको बताए । साथै सरकारले पुँजी बजारको विकास र विस्तारमा लिएको नीतिलाई कार्यन्वयन गर्न बोर्ड दृढ रहेको समेत उनले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।