logo

१७.४४ अंकले बढ्यो सेयर बजार

    711   पटक पढिएको


१४ जेठ/अर्थ र व्यापार – यस साताको चौथो कारोबार दिन बुधबार सेयर बजार परिसूचक नेप्से १७ दशमलब ४४ अंकले बढेको छ । सो वृद्धिपछि नेप्से २६ सय ९३ दशमलब ६ विन्दुमा कायम भएको छ ।
यसदिन बजारसँगै कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ६ अर्ब ५२ करोडको कारोबार भएकोमा यसदिन ८ अर्ब ५८ करोड ६० लाख ४ हजार ३ सय ३४ रुपैयाँको सेयर कारोबार भएको छ ।
यसदिन १ सय ४८ वटा कम्पनीको सेयरमूल्य बढेको छ । ९७ वटा कम्पनीको सेयर मूल्य घटेको छ । २ वटाको स्थिर रहेको छ । बुधबारको सेयर बजार वृद्धिमा बैंकिङ उपसमूहको भूमिका सबैभन्दा बढी देखिएको छ । बैंकिङ उपसमूहको सेयरमूल्य सबैभन्दा धेरै १ दशमलब ८८ प्रतिशतले बढेको छ ।
त्यसपछि विकास बैंक उपसमूहको १ दशमलब २९ प्रतिशत, फाइनान्स उपसमूहको शून्य दशमलब १८ प्रतिशत, होटल तथा पर्यटन उपसमूहको शून्य दशमलब ८१ प्रतिशतले सेयरमूल्य बढेको छ ।
हाइड्रोपावर उपसमूहको ०.८९ प्रतिशत, लगानी उपसमूहको शून्य दशमलब ०३ प्रतिशत, उत्पादन तथा प्रशोधन उपसमूहको ०.६५ प्रतिशतले सेयरमूल्य बढेको छ ।
दुई वटा कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । ओम मेगाश्री फर्मास्युटिकल्स र पियोर इनर्जीको मूल्य १० प्रतिशत बढ्यो । त्यस्तै ग्रिन डेभलपमेन्ट बैंकको ९.८५, भूगोल इनर्जीको ९.१५, अरुण काबेली पावरको ५.८९ प्रतिशत मूल्य बढ्यो ।
बुधबार जीवन बीमा उपसमूहको शून्य दशमलब २४ प्रतिशत, माइक्रोफाइनान्स उपसमूहको ०.२६ प्रतिशत, निर्जीवन बीमा उपसमूहको ०.२६ प्रतिशत र अन्य उपसमूहको सेयरमूल्य शून्य दशमलब ०६ प्रतिशतले घटेको छ ।
मूल्य धेरै घट्नेमा बाराही हाइड्रोपावर छ । सो कम्पनीको ५ दशमलब २६ प्रतिशत मूल्य घटेको छ । त्यस्तै क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको ५ दशमलब १० प्रतिशत, नेपाल माइक्रो इन्स्योरेन्सको ४.०८ प्रतिशत र दिव्यश्वरी हाइड्रोपावरको ३.९१ प्रतिशतले सेयरमूल्य घटेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।