logo

सामान्य अंकले घट्यो सेयर बजार

    321   पटक पढिएको


११ जेठ/अर्थ र व्यापार – यस साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारको परिसूचक नेप्से ८ दशमलब ५७ अंक घटेर २६ सय ७९ दशमलब ९८ विन्दुमा कायम भएको छ ।
यसदिन नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ९ अर्ब ८२ करोडको कारोबार भएकोमा यसदिन ७ अर्ब ६० करोड ९५ लाख ४२ हजार २ सय १२ रुपैयाँको सेयर कारोबार भएको छ ।
९९ वटा कम्पनीको सेयर मूल्य बढेको छ । १सय ४८ वटा कम्पनीको सेयर मूल्य घटेको छ । एउटाको स्थिर रहेको छ । यसदिन माइक्रोफाइनान्स उपसमुहको सेयरमूल्य २ दशमलब ३२ प्रतिशतले बढेको छ । त्यसपछि व्यापार उपसमुहको सेयरमूल्य शुन्य दशमलब १३ प्रतिशतले बढेको छ । यी दुईवटा बाहेक अरु सबै उपसमुहको सेयरमूल्य घटेको छ ।
बैंकिङ उपसमुहको ०.६६ प्रतिशत, विकास बैंक उपसमुहको १.४६ प्रतिशत , फाइनान्स उपसमुहको ०.९९ प्रतिशत , होटल तथा पर्यटन उपसमुहको १.७५ प्रतिशत , हाइड्रोपावर उपसमुहको ०.३६ प्रतिशत, लगानी उपसमुहको १.०३ प्रतिशत, जीवन बीमा उपसमुहको ०.३३ प्रतिशत, उत्पादन उपसमुहको ०.०३ प्रतिशत, निर्जीवन बीमा उपसमुहको ०.१० प्रतिशत र अन्य उपसमुहको शून्य दशमलब ४५ प्रतिशतले सेयरमूलय घटेको छ ।
यसदिन सिन्धु विकास बैंकको सेयरमूल्य ८.२८ प्रतिशतले घटेको छ । बाराही हाइड्रोपावरकमो ६.७६ प्रतिशत , सप्तकोशी विकास बैंकको ५.०७ प्रतिशतले सेयरमूल्य घटेको छ । धेरै कारोबार भएका पाँच कम्पनीमा राधि विद्युत्, युनिभर्सल पावर, ङादी ग्रुप, युनाइटेड मोदी हाइड्रोपावर र हिमालयन पावर पार्टनर क्रमशः अगाडि रहेको छ ।
आइतबार ओम मेगाश्री फर्मास्युटिकल्सको सेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ । रिभर फल्स पावरको ७ दशमलब ५६ प्रतिशत , लक्ष्मी लघुवित्तको ६.२८ प्रतिशत, उन्नति सहकार्य लघुवित्तको ६.१६ प्रतिशत, नेरुडे मिर्मिरे लघुवित्तको ५.८५ प्रतिशतले सेयरमूल्य बढेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।