logo

सामान्य अंकले घट्यो सेयर बजार

    754   पटक पढिएको


११ जेठ/अर्थ र व्यापार – यस साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारको परिसूचक नेप्से ८ दशमलब ५७ अंक घटेर २६ सय ७९ दशमलब ९८ विन्दुमा कायम भएको छ ।
यसदिन नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ९ अर्ब ८२ करोडको कारोबार भएकोमा यसदिन ७ अर्ब ६० करोड ९५ लाख ४२ हजार २ सय १२ रुपैयाँको सेयर कारोबार भएको छ ।
९९ वटा कम्पनीको सेयर मूल्य बढेको छ । १सय ४८ वटा कम्पनीको सेयर मूल्य घटेको छ । एउटाको स्थिर रहेको छ । यसदिन माइक्रोफाइनान्स उपसमुहको सेयरमूल्य २ दशमलब ३२ प्रतिशतले बढेको छ । त्यसपछि व्यापार उपसमुहको सेयरमूल्य शुन्य दशमलब १३ प्रतिशतले बढेको छ । यी दुईवटा बाहेक अरु सबै उपसमुहको सेयरमूल्य घटेको छ ।
बैंकिङ उपसमुहको ०.६६ प्रतिशत, विकास बैंक उपसमुहको १.४६ प्रतिशत , फाइनान्स उपसमुहको ०.९९ प्रतिशत , होटल तथा पर्यटन उपसमुहको १.७५ प्रतिशत , हाइड्रोपावर उपसमुहको ०.३६ प्रतिशत, लगानी उपसमुहको १.०३ प्रतिशत, जीवन बीमा उपसमुहको ०.३३ प्रतिशत, उत्पादन उपसमुहको ०.०३ प्रतिशत, निर्जीवन बीमा उपसमुहको ०.१० प्रतिशत र अन्य उपसमुहको शून्य दशमलब ४५ प्रतिशतले सेयरमूलय घटेको छ ।
यसदिन सिन्धु विकास बैंकको सेयरमूल्य ८.२८ प्रतिशतले घटेको छ । बाराही हाइड्रोपावरकमो ६.७६ प्रतिशत , सप्तकोशी विकास बैंकको ५.०७ प्रतिशतले सेयरमूल्य घटेको छ । धेरै कारोबार भएका पाँच कम्पनीमा राधि विद्युत्, युनिभर्सल पावर, ङादी ग्रुप, युनाइटेड मोदी हाइड्रोपावर र हिमालयन पावर पार्टनर क्रमशः अगाडि रहेको छ ।
आइतबार ओम मेगाश्री फर्मास्युटिकल्सको सेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ । रिभर फल्स पावरको ७ दशमलब ५६ प्रतिशत , लक्ष्मी लघुवित्तको ६.२८ प्रतिशत, उन्नति सहकार्य लघुवित्तको ६.१६ प्रतिशत, नेरुडे मिर्मिरे लघुवित्तको ५.८५ प्रतिशतले सेयरमूल्य बढेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।