logo

नेप्से दोहोरो अंकले बढ्यो, बैंकिङ उपसमूहले उचाल्यो सेयर बजार

    272   पटक पढिएको


८ जेठ/अर्थ र व्यापार – यस साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसुचक नेप्से दोहोरो अंकले बढेको छ । कारोबार समयको सुरुवातदेखि उत्तारचढाव भएको नेप्से अन्तिम समयमा १९ दशमलब ०४ अंकले बढेर २६ सय ८८ दशमलब ५५ विन्दुमा पुगेको छ ।
यसदिन बैंकिङ उपसमूहले सेयर बजारलाई उचालेको हो । अरु उपसमुहको सेयरमूल्य घटे पनि बैंकिङ उपसमूह सबैभन्दा धेरै ३ दशमलब ८२ प्रतिशतले बढेर समग्रमा नेप्से बढेको छ ।
अघिल्लो दिनको तुलनामा कारोबार रकम घटेको छ । अघिल्लो दिन १० अर्ब ६९ करोडको कारोबार भएकोमा यसदिन ९ अर्ब ८२ करोड २० लाख ७० हजार ६ सय ८२ रुपैयाँमा कारोबार भएको छ ।
बिहीबार १ सय ४ वटा कम्पनीको सेयर मूल्य बढेको छ । १ सय ४२ वटा कम्पनीको सेयर मूल्य घटेको छ भने एउटाको स्थिर रहेको छ । बैंकिङ उपसमुहको र माइक्रोफाइनान्स उपसमुहको सेयर मूल्य २ दशमलब ५८ प्रतिशतले बढेको छ ।
यसदिन सबैभन्दा धेरै ओम मेगाश्री फर्मास्युटिकल्सको सेयर मूल्य १० प्रतिशतले बढेको छ । एनआईसी एसिया बैंकको ७ दशमलब ८ प्रतिशत, फरवार्ड माइक्रोफाइनान्सको ७ दशमलब १५ प्रतिशत, ग्लोबल आईएमई बैंकको ६ दशमलब १२ प्रतिशत र कुमारी बैंकको ६ दशमलब ०६ प्रतिशतले सेयर मूल्य बढेको छ ।
बिहीबार बाराही हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै १० प्रतिशतले घटेको छ । धेरै कारोबार भएका पाँच कम्पनीमा ङयादी ग्रुप, राधि विद्युत्, कुमारी बैंक, युनिभर्सल पावर र माउन्टेन इनर्जी रहेका छन् । होटल तथा पर्यटन उपसमूहको सेयर मूल्य सबैभन्दा धेरै २ दशमलब ६० प्रतिशतले घटेको छ ।
त्यस्तै, विकास बैंक उपसमूहको शून्य दशमलब २३ प्रतिशत, फाइनान्स उपसमूहको शून्य दशमलब४६ प्रतिशत , हाइड्रोपावर उपसमूहको १ दशमलब १० प्रतिशत, लगानी उपसमूहको शून्य दशमलब ३९ प्रतिशत, जीवन बीमा उपसमूहको शून्य दशमलब १५ प्रतिशत, उत्पादन तथा प्रशोधन उपसमूहको शून्य दशमलब ३८ प्रतिशत, अन्य उपसमूहको शून्य दशमलब १३ प्रतिशत र व्यापार उपसमूहको शून्य दशमलब ८१ प्रतिशतले घटेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।