logo

नेप्से १९.३० अंकले बढ्यो

    280   पटक पढिएको


५ जेठ/अर्थ र व्यापार – अघिल्लो दिनसम्म लगातार ६ दिन घटेको सेयर बजार सोमबार भने बढेको छ । अघिल्लो दिनको तुलनामा सेयर बजार परिसूचक नेप्से १९.३० अंकले बढेको छ । सो वृद्धिसंगै नेप्से २६ सय २८ दशमलब ३६ विन्दुमा कायम भएको छ ।
यसदिन नेप्से बढ्दा पनि कारोबार रकम भने घटेको छ । अघिल्लो दिन ८ अर्ब ५० करोड बढीको कारोबार भएकोमा यसदिन जम्मा ७ अर्ब ३५ करोड ८८ लाख ५५ हजार ८५ रुपैयाँको शेयर कारोबार भएको छ ।
सोमबार १ सय ८५ वटा कम्पनीको शेयर मूल्य बढेको छ । ६० वटा कम्पनीको शेयर मूल्य घटेको छ भने दुईवटाको स्थिर रहेको छ । यसदिन होटल तथा पर्यटन उपसमुहको शेयर मूल्य १ दशमलब २४ प्रतिशत घटेपनि अरु सबै उपसमुहको शेयर मूल्य बढेको छ । विकास बैंक उपसमुहको शेयर मूल्य सबैभन्दा धेरै १ दशमलब ८८ प्रतिशतले बढेको छ ।
बैंकिङ उपसमुहको शेयर मूल्य १ दशमलब १७ प्रतिशत , फाइनान्स उपसमुहको शून्य दशमलब ७० प्रतिशत, हाइड्रोपावर उपसमुहको शून्य दशमलब ९४ प्रतिशत, लगानी उपसमुहको शून्य दशमलब ७२ प्रतिशत, जीवन बीमा उपसमुहको शून्य ४१ प्रतिशत, उत्पादन उपसमुहको शून्य दशमलब २८ प्रतिशत, माइक्रोफाइनान्स उपसमुहको शून्य दशमलब १३ प्रतिशत, निर्जीवन बीमा उपसमुहको १ दशमलब १२ प्रतिशत , अन्य उपसमुहको शून्य दशमलब ४४ प्रतिशत र व्यापार उपसमुहको शेयर मूल्य शून्य दशमलब ५७ प्रतिशतले बढेको छ ।
यसदिन ४ वटा कम्पनीको शेयर मूल्य १० प्रतिशत बढेको छ । ओम मेगाश्री फर्मास्युटिकल्स, सप्तकोशी विकास बैंक, सिन्धु विकास बैंक र तेह्रथुम पावरको शेयर मूल्य १० प्रतिशतले बढेको छ । कर्पोरेट डेभलपमेन्ट बैंकको ९ दशलब ७३ प्रतिशत, ग्रीन डेभलपमेन्ट बैंकको ९ दशमलब ४६ प्रतिशत, रावा इनर्जीको ६ दशमलब ९८ प्रतिशत, एनएलजी इन्स्योरेन्सको ६ दशमलब २६ प्रतिशतले शेयर मूल्य बढेको छ ।
यसदिन विन नेपाल लघुवित्तको शेयर मूल्य सबैभन्दा धेरै १० प्रतिशतले घटेको छ । धेरै कारोबार भएका कम्पनीहरुमा राधि विद्युत्, नेपाल पुनर्बीमा कम्पनी, हिमालयन रि इन्स्योरेन्स, ङयादी ग्रुप र युनिभर्सल पावर क्रमशः अगाडी रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।