logo

नेप्से १९.३० अंकले बढ्यो

    596   पटक पढिएको


५ जेठ/अर्थ र व्यापार – अघिल्लो दिनसम्म लगातार ६ दिन घटेको सेयर बजार सोमबार भने बढेको छ । अघिल्लो दिनको तुलनामा सेयर बजार परिसूचक नेप्से १९.३० अंकले बढेको छ । सो वृद्धिसंगै नेप्से २६ सय २८ दशमलब ३६ विन्दुमा कायम भएको छ ।
यसदिन नेप्से बढ्दा पनि कारोबार रकम भने घटेको छ । अघिल्लो दिन ८ अर्ब ५० करोड बढीको कारोबार भएकोमा यसदिन जम्मा ७ अर्ब ३५ करोड ८८ लाख ५५ हजार ८५ रुपैयाँको शेयर कारोबार भएको छ ।
सोमबार १ सय ८५ वटा कम्पनीको शेयर मूल्य बढेको छ । ६० वटा कम्पनीको शेयर मूल्य घटेको छ भने दुईवटाको स्थिर रहेको छ । यसदिन होटल तथा पर्यटन उपसमुहको शेयर मूल्य १ दशमलब २४ प्रतिशत घटेपनि अरु सबै उपसमुहको शेयर मूल्य बढेको छ । विकास बैंक उपसमुहको शेयर मूल्य सबैभन्दा धेरै १ दशमलब ८८ प्रतिशतले बढेको छ ।
बैंकिङ उपसमुहको शेयर मूल्य १ दशमलब १७ प्रतिशत , फाइनान्स उपसमुहको शून्य दशमलब ७० प्रतिशत, हाइड्रोपावर उपसमुहको शून्य दशमलब ९४ प्रतिशत, लगानी उपसमुहको शून्य दशमलब ७२ प्रतिशत, जीवन बीमा उपसमुहको शून्य ४१ प्रतिशत, उत्पादन उपसमुहको शून्य दशमलब २८ प्रतिशत, माइक्रोफाइनान्स उपसमुहको शून्य दशमलब १३ प्रतिशत, निर्जीवन बीमा उपसमुहको १ दशमलब १२ प्रतिशत , अन्य उपसमुहको शून्य दशमलब ४४ प्रतिशत र व्यापार उपसमुहको शेयर मूल्य शून्य दशमलब ५७ प्रतिशतले बढेको छ ।
यसदिन ४ वटा कम्पनीको शेयर मूल्य १० प्रतिशत बढेको छ । ओम मेगाश्री फर्मास्युटिकल्स, सप्तकोशी विकास बैंक, सिन्धु विकास बैंक र तेह्रथुम पावरको शेयर मूल्य १० प्रतिशतले बढेको छ । कर्पोरेट डेभलपमेन्ट बैंकको ९ दशलब ७३ प्रतिशत, ग्रीन डेभलपमेन्ट बैंकको ९ दशमलब ४६ प्रतिशत, रावा इनर्जीको ६ दशमलब ९८ प्रतिशत, एनएलजी इन्स्योरेन्सको ६ दशमलब २६ प्रतिशतले शेयर मूल्य बढेको छ ।
यसदिन विन नेपाल लघुवित्तको शेयर मूल्य सबैभन्दा धेरै १० प्रतिशतले घटेको छ । धेरै कारोबार भएका कम्पनीहरुमा राधि विद्युत्, नेपाल पुनर्बीमा कम्पनी, हिमालयन रि इन्स्योरेन्स, ङयादी ग्रुप र युनिभर्सल पावर क्रमशः अगाडी रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।