logo

रोकिएन शेयर बजार घट्नेक्रम, नेप्से २.७९ अंकले घटेर २६०९ विन्दुमा

    523   पटक पढिएको


४ जेठ/अर्थ र व्यापार – यस साताको पहिलो कारोबार दिन आइतबार पनि शेयर बजार घट्नेक्रम रोकिएन । यसदिन शेयर बजार परिसूचक नेप्से २ दशमलब ७९ अंकले घटेर २६ सय ०९ विन्दुमा कायम भएको छ । आइतबारको घटाईसँगै नेप्से लगातार छैटौं दिनसम्म घटिरहेको छ ।
यसदिन कारोबार रकम भने अघिल्लो दिनको तुलनामा केही बढेको छ । अघिल्लो दिन ७ अर्ब ८ करोडको कारोबार भएकोमा यसदिन ८ अर्ब ५० करोड ९२ लाख २१ हजार ३ सय १२ रुपैयाँको शेयर कारोबार भएको छ । यसदिन १ सय ४५ वटा कम्पनीको शेयर मूल्य घटेको छ । सयवटा कम्पनीको शेयर मूल्य बढेको छ भने एउटाको स्थिर रहेको छ । आइतबार सबैभन्दा धेरै अन्य उपसमुहको शेयर मुल्य ४ दशमलब १९ प्रतिशतले बढेको छ । ओम मेगाश्री फर्मास्युटिकल्स र छ्याङ्दी हाइड्रोपावरको शेयर मूल्य १० प्रतिशत बढेको छ । त्यस्तै, विन नेपाल लघुवित्तको ९ दशमलब ५३ प्रतिशत, नेपाल पुनर्बीमाको ८ दशमलब ४१ प्रतिशत, बाराही हाइड्रोपावरको ७ दशमलब ३२ प्रतिशत , स्वाभिमान लघुवित्तको ६ दशमलब ९८ प्रतिशत, ओरियन्टल होटलको ६ प्रतिशतले शेयर मूल्य बढेको छ ।
यस उपसमूहमा रहेका दुईवटा कम्पनीहरु नेपाल पुनर्बीमा र हिमालयन रि इन्स्योरेन्स कम्पनीको शेयर मूल्य उच्च दरमा बढेपछि समग्रमा अन्य उपसमूहको शेयर मुल्य बढेको देखिएको हो । यसदिन माइक्रोफाइनान्स उपसमुहको शेयर मूल्य १ दशमलब २२ प्रतिशत र होटल तथा पर्यटन उपसमुहको शेयर मूल्य १ दशमलब ११ प्रतिशतले बढेको छ ।
यि ३ वटा उपसमुहका बाहेक अरु सबै उपसमुहको शेयर मूल्य घटेको छ । व्यापार उपसमुहको शेयर मूल्य सबैभन्दा धेरै २ दशमलब ६८ प्रतिशतले घटेको छ । निर्जीवन बीमा उपसमुहको शूल्य दशमलब ८८ प्रतिशत, उत्पादन उपसमुहको शून्य दशमलब ३४ प्रतिशत, जीवन बीमा उपसमुहको शून्य दशमलब ६७ प्रतिशतले घटेको छ । लगानी उपसमुहको शून्य दशमलब २७ प्रतिशत, हाइड्रोपावर उपसमुहको १ दशमलब ३६ प्रतिशत, फाइनान्स उपसमुहको शून्य दशमलब ४७ प्रतिशत, विकास बैंक उपसमुहको २ दशमलब २२ प्रतिशत र बैंकिङ उपसमुहको शून्य दशमलब १४ प्रतिशतले घटेको छ ।
कर्पोरेट डेभलपमेन्ट बैंकको ८ दशमलब ७१ प्रतिशत, नेपाल माइक्रोइन्स्योरेन्सको ७ दशमलब ५३ प्रतिशत , ग्रिन डेभलपमेन्ट बैंकको ६ दशमलब ९४ प्रतिशत, क्रेस्ट माइक्रोइन्स्योरेन्सको ६ दशमलब ८६ प्रतिशत र युनिभर्सल पावरको ६ दशमलब १ प्रतिशतले शेयर मूल्य घटेको छ ।
यसदिन धेरै कारोबार भएका कम्पनीहरुमा नेपाल पुनर्बीमा, एनआरएन इन्फ्रास्ट्रक्चर, राधि विद्युत्, युनिभर्सल पावर र हिमालयन रि इन्स्योरेन्स क्रमशः अगाडि रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।