१ जेठ/अर्थ र व्यापार – लाइफ इन्स्योरेन्स कर्पोरेसन(एलआईसी) नेपालले लाभांश घोषणा गरेको छ । सो इन्स्योरेन्सले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट शेयरधनीलाई चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर वितरण गर्ने निर्णय गरेको हो ।
कम्पनीका शेयरधनीले कर प्रयोजनसहित १०.५२ प्रतिशत लाभांश पाउनेछन्। नेपाल बीमा प्राधिकरण र कम्पनीको साधारण सभाबाट स्वीकृत भएपछि सेयरधनीले लाभांश पाउनेछन्।
हाल यस इन्स्योरेन्स कम्पनीको चुक्ता पुँजी ५ अर्ब रुपैयाँ रहेको छ ।
तपाईको प्रतिक्रिया