logo

चौथो कारोबार दिन पनि नेप्से १३.९६ अंकले घट्यो

    282   पटक पढिएको


३१ वैशाख/अर्थ र व्यापार – लगातार चौथो कारोबार दिन बुधबार पनि शेयरबजार परिसूचक नेप्से १३ दशमलब ९६ अंकले घटेको छ । यो गिरावटसँगै नेप्से २६ सय २० दशमलब २७ विन्दुमा कायम भएको छ ।
यसदिन नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ९ अर्ब ६३ करोडको कारोबार भएकोमा यसदिन ८ अर्ब ७३ करोड ६५ लाख ७० हजार १ सय ५ रुपैयाँको शेयर कारोबार भएको छ ।
६२ वटा कम्पनीको शेयर मूल्य बढेको छ । १ सय ८३ वटा कम्पनीको घट्यो भने एउटा कम्पनीको स्थिर रहेको छ । दुईवटा पुनर्बीमा कम्पनीको शेयर मूल्य बढेको छ । अन्य उपसमूहको सबैभन्दा धेरै २.४६ प्रतिशत बढ्यो । विकास बैंक उपसमूहको शेयर मुल्य १.१९ प्रतिशतले बढेको छ । अरु सबै उपसमूहको शेयर मुल्य घटेको छ ।
यसदिन बैंकिङ उपसमूहको शेयर मूल्य ०.४९ प्रतिशत , फाइनान्स उपसमूहको ०.२१ प्रतिशत , होटल तथा पर्यटन उपसमूहको १.५४ प्रतिशत , हाइड्रोपावर उपसमूहको १.९६ प्रतिशत , लगानी उपसमूहको १.०८ प्रतिशत , जीवन बीमा उपसमूहको ०.८६ प्रतिशत , उत्पादन उपसमूहको ०.९२ प्रतिशत , माइक्रोफाइनान्स उपसमूहको ०.२६ प्रतिशत , निर्जीवन बीमा उपसमूहको १.३९ प्रतिशत र व्यापार उपसमूहको शेयर मूल्य ०.६९ प्रतिशतले घटेको छ ।
यसदिन पनि ओम मेगाश्री फर्मास्युटिकल्सको शेयर मूल्य १० प्रतिशतले बढ्यो । गुराँस लघुवित्तको १० प्रतिशतले घट्यो ।
सबैभन्दा धेरै कारोबार भएका कम्पनीहरुमा राधि विद्युत्, युनिभर्सल पावर, क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्स, ङादी ग्रुप तथा लुम्बिनी विकास बैंक क्रमशः अगाडी रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।