logo

नेप्से १२.६० अंकले घट्यो,साढे ११ अर्बको कारोबार

    241   पटक पढिएको


२५ वैशाख/अर्थ र व्यापार – यस साताको अन्तिम कारोबार दिन बिहीबार शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । यसदिन शेयर बजार पसिूचक नेप्से १२ दशमलब ६० अंकले घटेर २६६१.०८ विन्दुमा झरेको छ ।
अघिल्लो कारोबार दिन बुधबार नेप्से ६२ दशमलब २५ अंकले बढेर २६ सय ७३ विन्दुमा पुगेको थियो । यसदिन नेप्से घटेपनि कारोबार भने अघिल्लो दिनको भन्दा बढेको छ ।
बिहीबार कुल ११ अर्ब ६५ करोड १७ हजार ८ सय ५१ रुपैयाँ शेयर कारोबार भएको छ । अघिल्लो दिन बुधबार भने नेप्सेमा कुल १० अर्ब ३३ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।
बिहीबार कारोबारमा आएकामध्ये ९६ वटा कम्पनीको शेयर मूल्य बढ्दा १५० वटा कम्पनीको घटेको छ । यसदिन नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी, छ्यांदी हाइड्रोपावर र ओम मेगाश्री कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
फाइनान्स उपसमूहमा लगानीकर्ताको आकर्षण देखिएको छ । फाइनान्स उपसमूहको शेयर मूल्य ४ दशमलब १६ प्रतिशतले बढेको छ । यसदिन हाइड्रोपावर उपसमुह, उत्पादनमुलक, लाइफ इन्स्योरेन्स उपसमुह र म्युचलफन्ट बाहेक अरु सबै उपसमुहको शेयर मुल्य घटेको छ । बैंकिङ उपसमूहको शेयर मूल्य शून्य दशमलब ८२ प्रतिशतले घटेको छ । विकास बैंक उपसमूहको शेयर मुल्य शून्य दशमलब ५६ प्रतिशतले घटेको छ । यसदिन सबैभन्दा धेरै व्यापार उपसमुहको शेयर मुल्य घटेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।