logo

ब्रोकर्स एसोसिएसनद्धारा धितोपत्र व्यवसायी नियमावली संशोधन गर्न प्रस्ताव

    327   पटक पढिएको


२३ वैशाख/अर्थ र व्यापार – स्टक ब्रोकर्स एसोसिएसनले धितोपत्र व्यवसायी नियमावलीका ६ वटा नियम संशोधनका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) समक्ष प्रस्ताव पेस गरेको छ।
एसोसिएसनका अध्यक्ष सागर ढकालको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले सेबोन अध्यक्ष सन्तोष नारायण श्रेष्ठलाई भेटेर नियमावलीको नियमहरुमा संशोधनको प्रस्ताव पेस गरेको हो । धितोपत्र दलाल तथा व्यवसायीको छाता संगठनले ब्रोकरको न्यूनतम चुक्तापुँजी कायम गर्ने समयावधि बढाएर २०८४ असार मसान्तसम्म कायम गर्न प्रस्ताव गरेका छन्।
हालको नियमावलीको नियम १० को (१) मा ब्रोकरको न्यूनतम चुक्तापुँजी पु¥याउने समयसीमा २०८२ असार मसान्तसम्म तोकिएको छ । एसोसिएसन संशोधन गर्नुपर्ने कारणमा सो नियम प्रारम्भ हुँदाका बखतमा चालु धितोपत्र दलालहरुको पुँजी न्यूनतम २ करोडको व्यवस्था रहेकोमा १० गुणा वृद्धि गर्ने व्यवस्था र समयसीमा एकदम थोरै रहेकोले र २०८२ असारभित्र पुँजी वृद्धि असम्भव प्रायः रहेको उल्लेख छ ।
यसैगरी, एसोसिएसनले नियमावलीको नियम १८ को खमा पनि संशोधन गरेर सूचीकृत संगठित संस्थामा सञ्चालक वा लेखापरीक्षक रहेको कायम गर्न प्रस्ताव गरेको छ । हालको नियमअनुसार सूचीकृत संगठित संस्थामा सञ्चालक, कर्मचारी वा लेखापरीक्षक रहेको हुनुपर्ने प्रावधान रहेको छ ।
संशोधन गर्नुपर्ने कारणमा एसोसिएसनले क वर्गका बैंकको लगानी रहेको धितोपत्र दलाल तथा व्यापारी संस्थामा बैंकसँग सम्बन्धित कर्मचारीलाई नियुक्त गर्न नपाइएको उल्लेख छ ।

एसोसिएसनले हाल नियम २७ (६) मा संशोधन गर्दै धितोपत्र दलालले आफ्नो शेयरधनी, कार्यकारी प्रमुख, कर्मचारी र निजहरुका एकाघर परिवारको सदस्यका लागि धितोपत्रको दलाली सेवा उपलब्ध गराउन सक्ने व्यवस्था गर्न प्रस्ताव गरेको छ ।
हालको नियममा नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए पनि धितोपत्र दलालले आफ्नो शेयरधनी, कार्यकारी प्रमुख, कर्मचारी र निजहरुका एकाघर परिवारको सदस्यका लागि धितोपत्रको दलाली सेवा उपलब्ध गराउन नसक्ने व्यवस्था रहेको छ ।
यो नियम संशोधन गर्नुपर्ने कारणमा धितोपत्र दलालले आफ्नो शेयरधनी, कार्यकारी प्रमुख, कर्मचारी र निजहरुका एकाघर परिवारका सदस्यले गर्ने धितोपत्र कारोबारलाई एकद्वार प्रणालीमार्फत नियमित अनुगमन तथा रिपोर्टिङ गर्न प्रस्ताव गरिएको एसोसिएसनले जनाएको छ ।
यसैगरी, नियम २७ (७) व्यवस्था थप गर्न एसोसिएसनले प्रस्ताव गरेको छ । यस नियममा नियम २७ (६) बमोजिम धितोपत्र दलालले आफ्नो शेयरधनी, कार्यकारी प्रमुख, कर्मचारी र उनीहरुका एकाघर परिवारको सदस्यका नामबाट खरिद वा बिक्री गरिएको धितोपत्रको विवरण प्रत्येक त्रैमासिक अवधि समाप्त भएको ७ दिनभित्र धितोपत्र बोर्डलाई जानकारी दिनुपर्ने प्रावधान थप गर्न एसोसिएसनले प्रस्ताव गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।