logo

ब्रोकर्स एसोसिएसनद्धारा धितोपत्र व्यवसायी नियमावली संशोधन गर्न प्रस्ताव

    631   पटक पढिएको


२३ वैशाख/अर्थ र व्यापार – स्टक ब्रोकर्स एसोसिएसनले धितोपत्र व्यवसायी नियमावलीका ६ वटा नियम संशोधनका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) समक्ष प्रस्ताव पेस गरेको छ।
एसोसिएसनका अध्यक्ष सागर ढकालको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले सेबोन अध्यक्ष सन्तोष नारायण श्रेष्ठलाई भेटेर नियमावलीको नियमहरुमा संशोधनको प्रस्ताव पेस गरेको हो । धितोपत्र दलाल तथा व्यवसायीको छाता संगठनले ब्रोकरको न्यूनतम चुक्तापुँजी कायम गर्ने समयावधि बढाएर २०८४ असार मसान्तसम्म कायम गर्न प्रस्ताव गरेका छन्।
हालको नियमावलीको नियम १० को (१) मा ब्रोकरको न्यूनतम चुक्तापुँजी पु¥याउने समयसीमा २०८२ असार मसान्तसम्म तोकिएको छ । एसोसिएसन संशोधन गर्नुपर्ने कारणमा सो नियम प्रारम्भ हुँदाका बखतमा चालु धितोपत्र दलालहरुको पुँजी न्यूनतम २ करोडको व्यवस्था रहेकोमा १० गुणा वृद्धि गर्ने व्यवस्था र समयसीमा एकदम थोरै रहेकोले र २०८२ असारभित्र पुँजी वृद्धि असम्भव प्रायः रहेको उल्लेख छ ।
यसैगरी, एसोसिएसनले नियमावलीको नियम १८ को खमा पनि संशोधन गरेर सूचीकृत संगठित संस्थामा सञ्चालक वा लेखापरीक्षक रहेको कायम गर्न प्रस्ताव गरेको छ । हालको नियमअनुसार सूचीकृत संगठित संस्थामा सञ्चालक, कर्मचारी वा लेखापरीक्षक रहेको हुनुपर्ने प्रावधान रहेको छ ।
संशोधन गर्नुपर्ने कारणमा एसोसिएसनले क वर्गका बैंकको लगानी रहेको धितोपत्र दलाल तथा व्यापारी संस्थामा बैंकसँग सम्बन्धित कर्मचारीलाई नियुक्त गर्न नपाइएको उल्लेख छ ।

एसोसिएसनले हाल नियम २७ (६) मा संशोधन गर्दै धितोपत्र दलालले आफ्नो शेयरधनी, कार्यकारी प्रमुख, कर्मचारी र निजहरुका एकाघर परिवारको सदस्यका लागि धितोपत्रको दलाली सेवा उपलब्ध गराउन सक्ने व्यवस्था गर्न प्रस्ताव गरेको छ ।
हालको नियममा नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए पनि धितोपत्र दलालले आफ्नो शेयरधनी, कार्यकारी प्रमुख, कर्मचारी र निजहरुका एकाघर परिवारको सदस्यका लागि धितोपत्रको दलाली सेवा उपलब्ध गराउन नसक्ने व्यवस्था रहेको छ ।
यो नियम संशोधन गर्नुपर्ने कारणमा धितोपत्र दलालले आफ्नो शेयरधनी, कार्यकारी प्रमुख, कर्मचारी र निजहरुका एकाघर परिवारका सदस्यले गर्ने धितोपत्र कारोबारलाई एकद्वार प्रणालीमार्फत नियमित अनुगमन तथा रिपोर्टिङ गर्न प्रस्ताव गरिएको एसोसिएसनले जनाएको छ ।
यसैगरी, नियम २७ (७) व्यवस्था थप गर्न एसोसिएसनले प्रस्ताव गरेको छ । यस नियममा नियम २७ (६) बमोजिम धितोपत्र दलालले आफ्नो शेयरधनी, कार्यकारी प्रमुख, कर्मचारी र उनीहरुका एकाघर परिवारको सदस्यका नामबाट खरिद वा बिक्री गरिएको धितोपत्रको विवरण प्रत्येक त्रैमासिक अवधि समाप्त भएको ७ दिनभित्र धितोपत्र बोर्डलाई जानकारी दिनुपर्ने प्रावधान थप गर्न एसोसिएसनले प्रस्ताव गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।