logo

सेयर बजारमा दोहोरो अंकको गिरावट

    586   पटक पढिएको


१५ वैशाख/अर्थ र व्यापार – यस साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । यसदिन सेयर बजार परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा १४ दशमलब ५३ अंकले घटेर २६ सय ४७ दशमलब ७ विन्दुमा कायम भएको छ । कारोबार रकम पनि घटेको छ ।
अघिल्लो दिन १० अर्ब ८७ करोड रुपैयाँ बढीको सेयर कारोबार भएकोमा यसदिन जम्मा ८ अर्ब ९१ करोड २८ लाख ४३ हजार ९ सय १९ रुपैयाँको सेयर कारोबार भएको छ । १ सय ६७ वटा कम्पनीको सेयर मुल्य घटेको छ । ७८ वटा कम्पनीको सेयर मूल्य बढेको छ ।
दोहोरो अंकले बजार घटे पनि यसदिन फाइनान्स उपसमुहको सेयर मुल्य बढेको छ । लामो समयपछि लगानीकर्ताको सबैभन्दा धेरै आकर्षण फाइनान्स उपसमुहमा देखिएको छ । फाइनान्स उपसमुहको सेयर मुल्य सबैभन्दा धेरै १ दशमलब ४० प्रतिशतले बढेको छ । व्यापार उपसमुहको सुन्य दशमलब ४२ प्रतिशतले बढेको छ ।
अन्य सबै उपसमुहको सेयर मुल्य घटेका छन् । अघिल्लो दिनसम्म आकर्षणमा रहेको लगानी उपसमुहको सेयर मुल्य सबैभन्दा धेरै २ दशमलब १४ प्रतिशतले घट्यो । बैंकिङ उपसमुहको सून्य दशमलब ६५ प्रतिशत , विकास बैंक उपसमुहको सून्य दशमलब २८ प्रतिशत, होटल तथा पर्यटन उपसमुहको सुन्य दशमलब २३ प्रतिशत, हाइड्रोपावर उपसमुहको सून्य दशमलब ७५ प्रतिशतले सेयर मुल्य घटेको छ ।
जीवन बीमा उपसमुहको सून्य दशमलब १३ प्रतिशत, उत्पादन उपसमुहको सुन्य दशमलब ५४ प्रतिशत, माइक्रोफाइनान्स उपसमुहको सून्य दशमलब ७६ प्रतिशत, निर्जीवन बीमा उपसमुहको सून्य दशमलब ०२ प्रतिशत र अन्य उपसमुहको सून्य दशमलब २१ प्रतिशतले सेयर मुल्य घटेको छ ।
सप्तकोशी विकास बैंकको सेयर मूल्य सबैभन्दा धेरै ८ दशमलब ४५ प्रतिशतले घटेको छ । युनिभर्सल पावरको ४ दशमलब ८० प्रतिशत, त्रिशुली जलविद्युतको ४ दशमलब ७९ प्रतिशतले घट्यो ।
यसदिन दुई कम्पनी नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको मूल्य १० प्रतिशत बढ्यो । त्यस्तै, मध्यभोटेकोशी हाइड्रोपावरको ७ दशमलब ६२ प्रतिशत, ग्रिन डेभलपमेन्ट बैंकको ६ दशमलब ९७ प्रतिशत, मानुषी लघुवित्तको ५ दशमलब ७९ प्रतिशतले सयेर मूल्य बढेको छ ।
सोमबार सबैभन्दा धेरै कारोबार भएका कम्पनीहरुमा ङादी ग्रुप पावर, राधि विद्युत्, युनिभर्सल पावर, एचआईडीसीएल प्रमोटर र सानिमा माइ हाइड्रोपावर क्रमशः अगाडि रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।