logo

चार दिन घटेको सेयर बजार झिनो अंकले बढ्यो,कारोबार रकम पनि बृद्धि

    735   पटक पढिएको

११ वैशाख/अर्थ र व्यापार – यस साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार झिनो अंकले बढेको छ । अघिल्ला चार कारोबार दिन लगातार घटेको सेयर बजार परिसूचक नेप्से बिहीबार २.०८ अंकले बढेको छ । सो अंकको वृद्धिपछि नेप्से परिसूचक २६ सय ५८ दशमलब २ विन्दुमा कायम भएको छ । यसदिन कारोबार रकम पनि अघिल्लो दिनको भन्दा केही बढेको छ । ७ अर्ब ८७ करोड ९३ लाख ८१ हजार २ सय ६८ रुपैयाँको सेयर कारोबार भएको छ । अघिल्लो कारोबार दिन ७ अर्ब ५७ करोड रुपैयाँको सेयर कारोबार भएको थियो ।
यसदिन कारोबार र नेप्से दुबै बढेपछि अब बजार सम्हालिएको सम्बन्धीत लगानीकर्ताहरुको आंकलन छ । यसदिन कुल ८३ वटा कम्पनीको सेयर मूल्य बढ्ेको छ । १ सय ६१ वटा कम्पनीको सेयर मुल्य घट्यो भने एउटाको स्थिर रहेको छ । लगानी उपसमूहको सयेर मुल्य सबैभन्दा धेरै २ दशमलब ४ प्रतिशतले बढेको छ । त्यसपछि हाइड्रोपावर उपसमूहको सुन्य दशमलब २२ प्रतिशत, व्यापार उपसमूहको सुन्य दशमलब ३९ प्रतिशत र बैंकिङ उपसमूहको सुन्य दशमलब ०३ प्रतिशतले सेयर मुल्य बढेको छ ।
दुई वटा कम्पनी नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको सेयर मूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै ङादी ग्रुप, विन नेपाल लघुवित्त र युनिभर्सल पावरको सेयर मूल्य ७ प्रतिशतले बढेको छ ।
विकास बैंक उपसमूहको सुन्य दशमलब ७६ प्रतिशत , फाइनान्स उपसमूहको सुन्य दशमलब ८३ प्रतिशत, होटल तथा पर्यटन उपसमूहको १ दशमलब १६ प्रतिशत, जीवन बीमा उपसमूहको सुन्य दशमलब ३२ प्रतिशत, उत्पादन उपसमूहको सुन्य दशमलब १७ प्रतिशत, माइक्रोफाइनान्स उपसमूहको सुन्य दशमलब ४६ प्रतिशत, निर्जीवन बीमा उपसमूहको सुन्य दशमलब २८ प्रतिशत र अन्य उपसमूहको सुन्य दशमलब १३ प्रतिशतले सेयर मुल्य घटेको छ ।
यसदिन सबैभन्दा धेरै नेपाल हाइड्रो डेभलपर्सको सेयर मुल्य सबैभन्दा धेरै ७ दशमलब १२ प्रतिशतले घटेको छ । ग्रिन डेभलपमेन्ट बैंकको ४ दशमलब ८५ प्रतिशत , कर्पोरेट डेभलपमेन्ट बैंकको ४ दशमलब २० प्रतिशतले सेयर मूल्य घटेको छ । कारोबार रकमका आधारमा ङादी ग्रुप पावर, राधि विद्युत्, एनआरएन इन्फ्रास्ट्रक्चर, युनिभर्सल पावर र एचआईडीसीएल क्रमशः अगाडि रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।