logo

चार दिन घटेको सेयर बजार झिनो अंकले बढ्यो,कारोबार रकम पनि बृद्धि

    437   पटक पढिएको

११ वैशाख/अर्थ र व्यापार – यस साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार झिनो अंकले बढेको छ । अघिल्ला चार कारोबार दिन लगातार घटेको सेयर बजार परिसूचक नेप्से बिहीबार २.०८ अंकले बढेको छ । सो अंकको वृद्धिपछि नेप्से परिसूचक २६ सय ५८ दशमलब २ विन्दुमा कायम भएको छ । यसदिन कारोबार रकम पनि अघिल्लो दिनको भन्दा केही बढेको छ । ७ अर्ब ८७ करोड ९३ लाख ८१ हजार २ सय ६८ रुपैयाँको सेयर कारोबार भएको छ । अघिल्लो कारोबार दिन ७ अर्ब ५७ करोड रुपैयाँको सेयर कारोबार भएको थियो ।
यसदिन कारोबार र नेप्से दुबै बढेपछि अब बजार सम्हालिएको सम्बन्धीत लगानीकर्ताहरुको आंकलन छ । यसदिन कुल ८३ वटा कम्पनीको सेयर मूल्य बढ्ेको छ । १ सय ६१ वटा कम्पनीको सेयर मुल्य घट्यो भने एउटाको स्थिर रहेको छ । लगानी उपसमूहको सयेर मुल्य सबैभन्दा धेरै २ दशमलब ४ प्रतिशतले बढेको छ । त्यसपछि हाइड्रोपावर उपसमूहको सुन्य दशमलब २२ प्रतिशत, व्यापार उपसमूहको सुन्य दशमलब ३९ प्रतिशत र बैंकिङ उपसमूहको सुन्य दशमलब ०३ प्रतिशतले सेयर मुल्य बढेको छ ।
दुई वटा कम्पनी नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको सेयर मूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै ङादी ग्रुप, विन नेपाल लघुवित्त र युनिभर्सल पावरको सेयर मूल्य ७ प्रतिशतले बढेको छ ।
विकास बैंक उपसमूहको सुन्य दशमलब ७६ प्रतिशत , फाइनान्स उपसमूहको सुन्य दशमलब ८३ प्रतिशत, होटल तथा पर्यटन उपसमूहको १ दशमलब १६ प्रतिशत, जीवन बीमा उपसमूहको सुन्य दशमलब ३२ प्रतिशत, उत्पादन उपसमूहको सुन्य दशमलब १७ प्रतिशत, माइक्रोफाइनान्स उपसमूहको सुन्य दशमलब ४६ प्रतिशत, निर्जीवन बीमा उपसमूहको सुन्य दशमलब २८ प्रतिशत र अन्य उपसमूहको सुन्य दशमलब १३ प्रतिशतले सेयर मुल्य घटेको छ ।
यसदिन सबैभन्दा धेरै नेपाल हाइड्रो डेभलपर्सको सेयर मुल्य सबैभन्दा धेरै ७ दशमलब १२ प्रतिशतले घटेको छ । ग्रिन डेभलपमेन्ट बैंकको ४ दशमलब ८५ प्रतिशत , कर्पोरेट डेभलपमेन्ट बैंकको ४ दशमलब २० प्रतिशतले सेयर मूल्य घटेको छ । कारोबार रकमका आधारमा ङादी ग्रुप पावर, राधि विद्युत्, एनआरएन इन्फ्रास्ट्रक्चर, युनिभर्सल पावर र एचआईडीसीएल क्रमशः अगाडि रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।