logo

सेयर बजारको ओरालो यात्रा कायमै,चौथो कारोबार दिन पनि नेप्से ३२.३८ अंकले घट्यो

बैंकहरुको कमजोर वित्तीय विवरण र आन्दोलनले लगानीकर्ता सशंकित

    755   पटक पढिएको



१० वैशाख/अर्थ र व्यापार – यस साताको चौथो कारोबार दिन बुधबार पनि सेयर बजारको ओरालो यात्रा कायमै रहेको छ । लगातार चौथो कारोबार दिन सेयर बजार परिसूचक थप ३२ दशमलब ३८ अंकले घटेको छ । सो गिरावटपछि नेप्से परिसूचक २६ सय ५५ दशमलब ९४ विन्दुमा झरेको छ ।
यसदिन बजार घट्दा कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ८ अर्ब ३२ करोड रुपैयाँको कारोबार भएकोमा यसदिन जम्मा ७ अर्ब ५७ करोड ५५ लाख १७ हजार २ सय ४६ रुपैयाँको सेयर कारोबार भएको छ ।
२ सय १७ वटा कम्पनीको सेयर मुल्य घटेको छ भने एउटाको स्थिर रहेको छ । २८ वटा कम्पनीको सेयर मूल्य मात्र बढेको छ । यसदिन सबैभन्दा धेरै विकास बैंक उपसमुहको सेयर मुल्य २ दशमलब ०९ प्रतिशतले घटेको छ ।
बैंकिङ उपसमुहको १ दशमलब २३ प्रतिशत, फाइनान्स उपसमुहको १.१५ प्रतिशत , होटल तथा पर्यटन उपसमुहको १.०१ प्रतिशत , हाइड्रोपावर उपसमुहको १.७८ प्रतिशत, लगानी उपसमुहको १.७६ प्रतिशत , जीवन बीमा उपसमुहको ०.४५ प्रतिशत , माइक्रोफाइनान्स उपसमुहको १.०४ प्रतिशत , निर्जीवन बीमा उपसमुहको ०.९७ प्रतिशत , अन्य उपसमुहको १.५० प्रतिशत र व्यापार उपसमुहको सुन्य दशमलब ३० प्रतिशतले सेयर मुल्य घटेको छ ।
बुधबार धेरै कारोबार भएका कम्पनीमा राधि विद्युत्, एनआरएन इन्फ्रास्ट्रक्चर, ङादी ग्रुप, सानिमा माइ हाइड्रोपावर र एचआईडीसीएल रहेका छन् । यसदिन उत्पादन उपसमुहको सामान्य बढेको छ । दुई कम्पनी नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको सेयर मूल्य १० प्रतिशतले बढ्यो । राधि विद्युतको ४ दशमलब ३३ प्रतिशत, र विन्ध्यबासिनी हाइड्रोपावरको २ दशमलब ७० प्रतिशतले सेयर मुल्य बढ्यो ।
सम्बन्धीत लगानीकर्ता एवं सेयर विस्लेषकहरुले यो साता लगातार चार सेयर बजार घट्नुका पछाडि विशेषगरि ३ वटा कारण देखिएको बताएका छन् । उनीहरुका अनुसार पहिलो कारणमा बैंकहरुको कमजोर वित्तीय विवरण नै रहेको छ । अहिले अधिकांश बैंक वित्तिय संस्थाले आइतबार सार्वजनिक गरेको वित्तीय विवरण कमजोर देखिएपछि त्यसयता सेयर बजार घटिरहेको छ । दोस्रोमा विभिन्न पक्षको आन्दोलनले पनि सेयर लगानीकर्तामा मनोवैज्ञानिक नकारात्म असर पारेको छ । तेस्रोमा नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति प्रक्रिया थप गिजोलिएपछि लगानीकर्ता सशंकित बनेका छन् ।
नयाँ गभर्नर नियुक्तिका लागि गठन भएको सिफारिस समितिका एक सदस्य पूर्व गभर्नर विजयनाथ भट्टराईले समितिबाट राजीनामा दिएपछि लगानीकर्ताबीच अब के हुने हो भन्ने अन्यौलता बढेका कारण अहिले सेयर बजार घटेको अनुमान उनीहरुको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।