logo

नेप्से १६.६८ अंकले घट्यो, वित्तीय विवरणको प्रभाव सेयर बजारमा

    536   पटक पढिएको


७ वैशाख/अर्थ र व्यापार – यस साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारको परिसूचक नेप्से १६ दशमलब ६८ अंकले घटेर २७ सय ०६ विन्दुमा कायम भएको छ ।
बिहान बजार खुलेदेखि नै निरन्तर ओरालो यात्रा तय गरेको सेयर बजारमा आइतबार बैंकहरूले सार्वजनिक गरेको तेस्रो त्रैमासिक वित्तीय विवरण कमजोर देखिएपछि त्यसको प्रभाव सेयर बजारमा पनि देखिएको अनुमान गरिएको छ । यसदिन लगानीकर्ता बैंकहरुको वित्तीय विवरणप्रति केही डराएका कारण आइतबार सेयर बजार घटेको लगानीकर्ताहरुको अनुमान छ ।
आइतबार सार्वजनिक भएको वित्तीय विवरण अनुसार २० वटा बाणिज्य बैंकहरु मध्ये ११ वटाको नाफा र ९ वटाको घाटा देखिएको छ । सो विवरण बमोजिम बैंकहरूको नाफा सामान्य १ दशमलब ४ प्रतिशत मात्र बढेको छ । बैंकहरुको सो नाफा वृद्धि पनि बिजनेस बढेर नभई नेपाल राष्ट्र बैंकबाट पाएको सहुलियतका कारण लोन लस प्रोभिजन घट्दा आएको देखिएको छ । अझै साँवा, ब्याज असुलमा बैंकहरू कमजोर नै देखिएका छन् ।

यसैको प्रभाव अहिले सेयर बजारमा पनि देखिएको हो । नेपाली सेयर बजारमा बैंक तथा वित्तीय संस्थाहरुको उपसमुह नै बढी शक्तिशाली हुने भएकाले बैंकहरुको रिपोर्टसँगै सेयर बजार पनि सोही अनुसार चल्ने गरेको छ । यसदिन बैंक तथा वित्तीय संस्थाको वित्तीय रिपोर्ट कमजोर आएपछि अन्य उपसमुहका कम्पनीको विवरण पनि खस्किन सक्ने लगानीकर्ताको मनोवैज्ञानिक असरले गर्दा बैंक तथा वित्तीय संस्थामा मात्रै नभई अरु उपसमुहको सेयर मुल्य सूचकमा समेत नकारात्मक असर परेका कारण सेयर बजार घटेको हो ।

यसदिन वित्तीय विवरण लगायत राप्रपा, शिक्षकहरु तथा विभिन्न पक्षको आन्दोलनले पनि आइतबारको सेयर बजारलाई केही प्रभाव पारेको सम्बन्धीत लगानीकर्ताहरुले बताएका छन् । यसदिन नेप्से परिसूचक र कारोबार रकम दुबै घटेको छ । ८ अर्ब ४३ करोड रुपैयाँको सेयर कारोबार भएको छ । अघिल्लो कारोबार दिन १० अर्ब ७९ करोड रुपैयाँको कारोबार भएको थियो । यसदिन ५३ वटा कम्पनीको मूल्य बढ्दा १ सय ९२ वटाको घट्यो । एउटाको स्थिर रह्यो । बैंकिङ, विकास बैंक, फाइनान्स सहित अधिकांश उपसमुहको सेयरमुल्य घटेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।