logo

सेयर बजारमा उत्साह, १० अर्ब ७९ करोडको कारोबार

    553   पटक पढिएको


४ बैशाख/अर्थ र व्यापार – यस साताको अन्तिम कारोबार दिन बिहीबार पनि सेयर बजार बढेर उत्साह छाएको छ । सेयर बजार परिसूचक नेप्से दोहोरो २६.४९ अंकले बढेर २७ सय २२ दशमलब ७३ विन्दुमा पुगेको छ । यसदिन व्यापार बाहेकका सबै उपसमूहको सूचक बढेको छ । लगानी उपसमूहको सूचक सबैभन्दा धेरै २ दशमलब ९९ प्रतिशतले बढेको छ ।
यसदिन बजारमा कारोबार भएका १ सय ८७ वटा कम्पनीको सेयर मुल्य बढेको छ । नेपाल माइक्रो इन्स्योरेन्स र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।
बिहीबार ५९ वटा कम्पनीका सेयर मुल्य घटेको छ । यसदिन १० अर्ब ७९ करोड ७३ लाख ६३ हजार २ सय ८२ रुपैयाँको सेयर कारोबार भएको छ । अघिल्लो दिन ७ अर्ब २६ करोडको कारोबार भएको थियो । यस साताको अन्तिम कारोबार दिन नेप्से र कारोबार रकम दुबै बढेको छ ।
बैंकिङ उपसमुहको १.१४ प्रतिशत , विकास बैंक उपसमुहको १.३५ प्रतिशत, फाइनान्स उपसमुहको ०.७२ प्रतिशत, होटल तथा पर्यटन उपसमुहको ०.३९ प्रतिशत , हाइड्रोपावर उपसमुहको १.१३ प्रतिशत , जीवन बीमा उपसमुहको ०.८४ प्रतिशत , उत्पादन तथा प्रशोधन उपसमुहको ०.०५ प्रतिशत , माइक्रोफाइनान्स उपसमुहको ०.६३ प्रतिशत , निर्जीवन बीमा उपसमुहको ०.९६ प्रतिशत , अन्य उपसमुहको ०.३७ प्रतिशतले सेयर मुल्य बढेको छ । एचआईडीसीएलको ६.८२ प्रतिशत , सुपरमादी हाइड्रोपावरको ६.६७ प्रतिशत , कर्पोरेट डेभलपमेन्ट बैंकको ५.८४ प्रतिशतले सेयर मूल्य बढेको छ ।
बोटलर्स नेपाल बालाजुको मूल्य ४दशमलब ४ प्रतिशतले घट्यो । यसदिन हिमालयन पावर पार्टनरको १ अर्ब ५८ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । हिमालय पावरपछि धेरै कारोबार भएका कम्पनीमा एनआरएन इन्फ्रास्ट्रक्चर, एचआईडीसीएल, ङादी ग्रुप र राधि विद्युत् क्रमशः अगाडि रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।