logo

सेयर बजार सामान्य अंकले बढेर २७ सय नजिक

    444   पटक पढिएको



३ बैशाख/अर्थ र व्यापार – यस साताको तेस्रो कारोबार दिन बुधबार सेयर बजार सामान्य अंकले बढेर २७ सय विन्दु नजिक पुगेको छ । अघिल्लो कारोबार दिनको तुलनामा यसदिन सेयर बजार परिसूचक नेप्से ७ दशमलब ०१ अंकले बढेर २६ सय ९६ दशमलब २३ विन्दुमा पुगेको छ ।
यसदिन कारोबारको क्रममा नेप्से बढेर २७ सय ४ विन्दुसम्म पुगेको थियो । यसदिन बजार बढेपनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा केही घटेको छ । अघिल्लो दिन ८ अर्ब ५४ करोडको कारोबार भएकोमा यसदिन ७ अर्ब २६ करोडको कारोबार भएको छ । बुधबार १४७ वटा कम्पनीको सेयर मूल्य बढ्यो । ९७ वटाको घट्यो भने २ वटाको स्थिर रह्यो ।
यस दिन हाइड्रोपावर उपसमुहको सेयर मुल्यमा लगानीकर्ताको आकर्षण देखिएको छ । सो उपसमुहको सेयर मुल्य सबैभन्दा धेरै १ दशमलब ६३ प्रतिशत बढ्यो । त्यस्तै बैंकिङ ०.३९, विकास बैंक १.११, जीवन बीमा ०.०५, निर्जीवन बीमा ०.५५ र व्यापार ०.११ प्रतिशत बढेको छ ।
पाँच कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । १० प्रतिशत मूल्य बढेका कम्पनीमा कर्पोरेट डेभलपमेन्ट बैंक, बलेफी हाइड्रोपावर, नेपाल माइक्रो इन्स्योरेन्स, राधि विद्युत् र क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्स छन् ।
ङादी ग्रुपको ७.४, ग्रिन डेभलपमेन्ट बैंकको ६.५, शिवश्री हाइड्रोपावरको ५.८ र हिमालयन पावर पार्टनरको ५.८ प्रतिशत मूल्य बढ्यो ।
यसदिन फाइनान्स उपसमुहको ०.६७ प्रतिशत, होटल तथा पर्यटन उपसमुहको ०.१६ प्रतिशत, लगानी उपसमुहको ०.३५ प्रतिशत , उत्पादन उपसमुहको ०.१६ प्रतिशत, माइक्रोफाइनान्स उपसमुहको ०.०६ प्रतिशत र अन्य उपसमुहको सेयर मुल्य १.०७ प्रतिशतले घटेको छ ।
गुराँस लघुवित्त वित्तीय संस्थाको ५.५, सिन्धु विकास बैंकको ४.३ प्रतिशत मूल्य घट्यो । कारोबार रकमका आधारमा ङादी ग्रुप पावर, राधि विद्युत्, बलेफी हाइड्रोपावर, एनआरएन इन्फ्रास्ट्रक्चर, हिमालयन पावर पार्टनर क्रमशः अगाडि रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।