logo

९ महिनामा १५ खर्ब ५६ अर्बको सेयर कारोबार

    367   पटक पढिएको


३ बैशाख/अर्थ र व्यापार – आर्थिक वर्ष २०८१/८२ को वितेका ९ महिना चैत मसान्तसम्मको अवधीमा १५ खर्ब ५६ अर्ब ३७ करोड २४ लाख रुपैयाँको सेयर कारोबार भएको छ । चालु आर्थिक वर्षको चैत मसान्तसम्म भएको सेयर कारोबार रकम अघिल्लो आवको सोही अवधिको तुलनामा २ सय २९ प्रतिशतले बढी हो ।
अघिल्लो आर्थिक वर्ष २०८०/८१ को चैत मसान्तसम्ममा ४ खर्ब ७३ अर्ब रुपैयाँको सेयर कारोबार भएको थियो । सेयर कारोबारमा चालु आर्थिक वर्षको वितेका ९ महिनाको अवधीमै यस्तो रेकर्ड बनेको देखिएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार चालु आर्थिक वर्षको वितेका ९ महिना चैत मसान्तसम्मको अवधीमा नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा १५ खर्ब ५६ अर्ब ३७ करोड २४ लाख रुपैयाँको सेयर कारोबार भएको देखिएको हो ।
गत असारमा सत्ता गठबन्धनमा आएको उलटफेरका कारण डेढ महिनामा ९ सय ३७ अंकले नेप्से परिसूचक उकालो लागेपछि कारोबार रकममा कीर्तिमनी बनेको थियो ।
त्यसपछि साउन ३१ मा २९ अर्ब ९५ करोड रुपैयाँको सेयर कारोबार हुँदा सेयर बजार परिसूचक नेप्से बढेर झन्डै ३ हजार विन्दुमा पुगेको थियो । चालु आर्थिक वर्षको पहिलो महिना साउनमै उच्च सेयर कारोबार भएका कारण नेप्सेले कारोबारमा पनि ९ महिनामै कीर्तिमानी बनाएको छ ।
अहिले नेपाल राष्ट्र बैंकले पनि सेयर लगानीकर्ताकालागि केही खुकुलो नीति लिएको छ । राष्ट्र बैंकले गरिदिएको सोही खुकुलो नीति तथा सेयर मार्जिन लोनमा केही सहजता अपनाएका कारण पनि अहिले सेयर मार्जिन लोन लिएरै भनेपनि धेरै लगानीकता सेयर बजारमा आएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।