logo

नयाँ वर्ष २०८२ को पहिलो कारोबार दिन लगानीकर्तालाई सेयर बजारले गर्यो स्वागत

नेप्से २७.१४ अंकले बढ्यो

    872   पटक पढिएको

२ बैशाख/अर्थ र व्यापार – नयाँ वर्ष २०८२ सालको पहिलो कारोबार दिन मंगलबार लगानीकर्तालाई सेयर बजार बढेर राम्रो स्वागत गरेको छ । यसदिन सेयर बजारको परिसूचक नेप्से २७ दशमलब १४ अंकले बढेको छ । सो अंकको वृद्धिपछि यसदिन नेप्से २६ सय ८९ दशमलब २२ विन्दुमा कायम भएको छ । नयाँ वर्षको पहिलो कारोबार दिन बिहान बजार खुलेदेखि नै क्रमशः नेप्से उकालो लागेर दिउँसो १ ः ५४ बजे २७ सय ०४ विन्दुसम्म पुगेको थियो, त्यो अंक पहिलो कारोबार दिनकालागि नै अधिकतम अंक रह्यो ।
यसदिन सेयर बजारको परिसूचक नेप्सेसँगै कारोबार रकममा पनि उल्लेख्य बृृद्धि भएको छ । अघिल्लो कारोबार दिन ६ अर्ब २८ करोडको कारोबार भएकोमा मंगलबार ८ अर्ब ५४ करोड ४३ लाख ५७ हजार ८ सय ८७ रुपैयाँको सेयर कारोबार भएको छ ।
यसदिन २१२ वटा कम्पनीको सेयर मूल्य बढेको छ । ३४ वटा कम्पनीको सेयर मुल्य घटेको छ । यसदिन लगानीकर्ताबीच विकास बैंक र लगानी उपसमुहमा विशेष आकर्षण देखिएको छ । लगानी उपसमुहको सेयर मुल्य २ दशमलब ७१ प्रतिशत र विकास बैंक उपसमुहको २ दशमलब ४६ प्रतिशतले सेयर मुल्य बढेको छ । बैंकिङ उपसमुहको सुन्य दशमलब ४८ प्रतिशत , फाइनान्स उपसमुहको १.५९ प्रतिशत , होटल तथा पर्यटन उपसमुहको १.९९ प्रतिशत , हाइड्रोपावर उपसमुहको १.४७ प्रतिशत , जीवन बीमा उपसमुहको ०.८१ प्रतिशत, उत्पादन उपसमुहको १.२२ प्रतिशत, माइक्रोफाइनान्स उपसमुहको ०.६० प्रतिशत, निर्जीवन बीमा उपसमुहको १.०७ प्रतिशत र अन्य उपसमुहको सेयर मुल्य ०.६१ प्रतिशतले बढेको छ ।
यसदिन व्यापार उपसमुहको सेयर मुल्य सुन्य दशमलब ६४ प्रतिशतले घटेको छ । पाँचवटा कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । कर्पोरेट डेभलपमेन्ट बैंक, ग्रिन डेभलपमेन्ट बैंक, सप्तकोशी विकास बैंक, नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको मूल्य १० प्रतिशत बढेको छ ।
बलेफी हाइड्रोपावरको मूल्य ९.६९ प्रतिशत घट्यो । विन नेपाल लघुवित्तको ६.१७ तथा आत्मनिर्भर लघुवित्तको ३.७१ प्रतिशत मूल्य घट्यो । धेरै कारोबार भएका कम्पनीहरुमा बलेफी हाइड्रोपावर सबैभन्दा अगाडि रहेको छ । त्यसपछि एनआरएन इन्फ्रास्ट्रक्चर, राधि विद्युत्, सीईडीबी होल्डिङस् र हिमालयन रिइन्स्योरेन्स कम्पनीको धेरै सेयर कारोबार भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।