logo

सेयर बजार ९.६६ अंकले बढ्यो

    422   पटक पढिएको


२७ चैत/अर्थ र व्यापार – यस साताको तेस्रो कारोबार दिन बुधबार सेयर बजारको परिसूचक नेप्से ९.६६ अंकले बढेको छ । यो अंकको वृद्धिपछि नेप्से परिसूचक २६ सय ७६ विन्दुमा कायम भएको छ ।
यसदिन कारोबार रकम भने अघिल्लो दिनको तुलनामा केही घटेको छ । अघिल्लो दिन ५ अर्ब ३० करोडको कारोबार भएकोमा यसदिन ४ अर्ब ४४ करोडमा खुम्चियो । १५४ कम्पनीको मूल्य बढ्दा ९० को घट्यो भने एउटाको स्थिर रह्यो ।
बुधबार बैंकिङ र व्यापार बाहेक सबै सेक्टरका सूचक बढेका छन् । बैंकिङ ०.०३ तथा व्यापार ०.४० प्रतिशत घटे । होटल तथा पर्यटन उपसमुहको सेयरमुल्य सूचक सबैभन्दा धेरै २.४४ प्रतिशत बढ्यो । विकास बैंक ०.२९, फाइनान्स ०.३४, हाइड्रोपावर ०.०८, लगानी १.४८, जीवन बीमा ०.२२, उत्पादन १.३६, माइक्रोफाइनान्स ०.२२, निर्जीवन बीमा ०.६५, अन्य ०.३६ प्रतिशतले बढेको छ ।
नेपाल माइक्रोइन्स्योरेन्सको मूल्य १० प्रतिशत बढ्यो । त्यस्तै विन नेपाल लघुवित्तको ७.९९, बोटलर्स नेपाल बालाजुको ५.१६, सोल्टी होटलको ३.९२, ङादी ग्रुप पावरको ३.३६ प्रतिशत मूल्य बढ्यो ।
यसदिन सिन्धु विकास बैंकको मूल्य सबैभन्दा धेरै ७.४ प्रतिशत घट्यो । धेरै कारोबार भएका कम्पनीमा एनआरएन इन्फ्रास्ट्रक्चर, सीईडीबी होल्डिङ्स, हिमालयन रिइन्स्योरेन्स, नेपाल पुनर्बीमा र राधि विद्युत् क्रमशः अगाडि रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।