logo

नेप्से २३.८६ अंकले बढेर २७०० विन्दुमा

    387   पटक पढिएको


२० चैत/अर्थ र व्यापार– यस साताको चौथो कारोबार दिन बुधबार सेयर बजार बढेको छ । यसदिन नेप्से परिसूचक २३ दशमलब ८६ अंकले बढेर २७०० विन्दुमा पुगेको छ ।
बुधबार उत्पादन तथा प्रशोधन बाहेक उपसमुहका कम्पनीले सेयर बजार बढाएका हुन् । व्यापार उपसमुहको सेयर मुल्य सूचक सर्वाधिक ९ दशमलब ४९ प्रतिशतले बढेको छ । त्यसपछि फाइनान्स उपसमुहको सेयर सूचक ३ दशमलब २६ प्रतिशतले बढेको छ ।
यसदिन १ सय ६६ वटा कम्पनीको सेयर मूल्य बढ्दा विशाल बजार कम्पनी र सेन्ट्रल फाइनान्सको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । ७८ वटा कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।
यसदिन बोटलर्स नेपाल बालाजुको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ । बजारमा ५ अर्ब ४४ करोड ४४ लाख रुपैयाँको सेयर कारोबार भएको छ । सीइडीबी होल्डिङसको सर्वाधिक ३६ करोड ५५ लाख रुपैयाँको सेयर कारोबार भएको छ । हिमालयन रि–इन्स्योरेन्सको ३५ करोड ६ लाख र ङादी ग्रुप पावरको २७ करोड ३२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
बैंकिङ उपसमुहको सेयर मुल्य सून्य दशमलब ५१ प्रतिशत , विकास बैंक उपसमुहको सून्य दशमलब ३० प्रतिशत, फाइनान्स उपसमुहको ३ दशमलब १२ प्रतिशत, होटल तथा पर्यटन ०.५९, हाइड्रोपावर ०.४२, लगानी १.३७ प्रतिशत, जीवन बीमा उपसमुहको ०.२५, माइक्रोफाइनान्स ०.१७, अन्य उपसमुहको ०.३५ प्रतिशतले बढेको छ । उत्पादन उपसमुहको १.४७ प्रतिशत र निर्जीवन बीमा उपसमुहको ०.२६ प्रतिशतले घटेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।