logo

सेयर बजार र करोबार दुबै घट्यो

    404   पटक पढिएको


१९ चैत/अर्थ र व्यापार – अघिल्ला तीन कारोबार दिन लगातार बढेको सेयर बजार मंगलबार भने केही घटेको छ । अघिल्लो दिनको तुलनामा सेयर बजारको परिसूचक नेप्से १६ दशमलब ९५ अंकले घटेर २६ सय ७६ दशमलब १७ विन्दुमा झरेको छ ।
यस साताको तेस्रो कारोबार दिन मंगलबार बजारको अंकसँगै कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ७ अर्ब ५६ करोड रुपैयाँको कारोबार भएकोमा यसदिन ५ अर्ब ७९ करोड ७७ लाख ९१ हजार ७ सय रुपैयाँको सेयर कारोबार भएको छ ।
मंगलबार ४२ वटा कम्पनीको मूल्य बढ्दा २ सय १ वटा कम्पनीको सेयर मुल्य घटेको छ । यसदिन व्यापार उपसमुहको सेयर मुल्य बाहेक सबै उपसमुहको सेयर मुल्य सूचक घटेका छन् ।
बैंकिङ उपसमुहको सेयर मुल्य ०.७४ प्रतिशत , विकास बैंक उपसमुहको ०.९५ प्रतिशत, फाइनान्स उपसमुहको १.८४ प्रतिशत, होटल तथा पर्यटन उपसमुहको १.७४ प्रतिशत, हाइड्रोपावर उपसमुहको ०.९९ प्रतिशत, लगानी उपसमुहको ०.४४प्रतिशत, जीवन बीमा उपसमुहको ०.६३, उत्पादन उपसमुहको ०.५२, माइक्रोफाइनान्स उपसमुहको १.१०, निर्जीवन बीमा उपसमुहको ०.३८ र अन्य उपसमुहको १.३९ प्रतिशतले घटे ।
गुराँस लघुवित्तको मूल्य सबैभन्दा धेरै ५.५ प्रतिशत घट्यो । छ्याङ्दी हाइड्रोको ४.३६, उपकार लघुवित्तको ४.०५, दोर्दी हाइड्रोपावरको ३.६ प्रतिशत मूल्य घट्यो ।
गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सको मूल्य सबैभन्दा धेरै १० प्रतिशत बढ्यो । त्यस्तै राधि विद्युत्को ४.२८, सयपत्री हाइड्रोको ४.१५, विशाल बजारको ४.०६ प्रतिशत मूल्य बढ्यो । विशाल बजार कम्पनीको मूल्य बढ्दा व्यापार उपसमुहको ३ दशमलब ८ प्रतिशतले सेयर मुल्य बढेको छ ।
यसदिन हिमालयन रि इन्स्योरेन्स, एनआरएन इन्फ्रास्ट्रक्चर, सीईडीबी होल्डिङ्स, नेपाल पुनर्बीमा कम्पनी र हिमालयन पावर पार्टनर क्रमशः अगाडि रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।